जुम्ला ।जुम्लामा फलामे डण्डी जडित बलियो घेराबार सहित मतगणना स्थल तयार गरिएको छ । विगतका निर्वाचनको मतगणना भन्दा यसपाली विशेष सुरक्षाका साथ फलामे डण्डी सहितको मत गणना स्थल तयार गरिएको हो ।
२०७९ को निर्वाचनमा ग्यामिन तार जालीको प्रयोग गरेर मतगणना गरिएको थियो । भने ६ वटा मात्रै सिसि क्यामरा जडान गरिएका थिए । तर फागुन २१ गते हुने मतदानपछिको मतगणनालाई विशेष सुरक्षा दिन, पारदर्शी बनाउन १० वटा सिसि क्यामरा जडान सहितको मतगणना गरिएको छ ।
भने ग्रिल उधोगका श्रमिकलाई प्रयोग गरी फलामकै डण्डी वल्डीङ गरेर बलियो घेराबार निर्माण गरिएको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सीनाले बताए । उनका अनुसार जिल्लाका ११० वटै मतदान केन्द्रको तयारी पूरा भईसकेको छ ।
´मतगणना स्थलको तयारी अन्तिम चरणमा पुगेको छ`,उनले भने,´मतगणना स्थलको सुरक्षालाई निकै ध्यानमा राखेर हामीले घेराबार बलियो बनाएका छौ । मत पेटिका राखेका ठाउँदेखि गणना स्थल, एजेण्ड बस्ने ठाउँको सबै दृष्य देखिने १० वटा सिसि क्यामरा जडान गरिएको छ ।`
साथै जिल्लाका ११० वटै मतदान केन्द्रको निर्माण भईसकेको छ । सर्वदलिय बैठक,मतदान केन्द्र निर्माण, स्वयम सेवकलाई नियुक्ती लगायतका सबै काम सम्पन्न भईसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जानकारी दिएको छ ।



