जुम्ला । जुम्लामा हाल सम्म १४ हजार ७२० मत खसेको छ । विहान ७ बजेदेखि सुरु भएको मतदानमा १०:३० बजे सम्म १४ हजार ७२० मत खसेको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सीनाले बताउनुभयो । उहाँका अनुसार महिला पुरुषको संख्या निकाल्न कठिनाई भईरहेको छ ।
जुम्लाको कुल मतदाता संख्या ७१ हजार ७३९ रहेको छ । जसमा पुरुष ३७ हजार ४५९ र महिला मतदाता संख्या: ३४ हजार २८० रहेको छ ।
कुल मतदाताको करिब २० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते बिहिवार



