कालिका आवि लिताकोट मतदान स्थलमा उत्साहजनक मतदान

जुम्ला । तातोपानी गाउँपालिका वडा नं ३ स्थित कालिका आवि मतदान स्थलमा उत्साह जनक रुपमा मतदान भईरहेको छ । दुई वटा मतदान केन्द्र रहेको लिताकोटमा उत्साहजनक रुपमा मतदान भईरहेको हो ।

कालिका आवी मतदान केन्द्र (क) मा  कुल मतदाता सख्या:५६०

रहेकोमा १२ बजेसम्म २६४ मत सखेको मतदान अधिकृत खेमराज शाहीले बताउनुभयो । उहाँका अनुसार कुल खसेका मतमध्य पुरुष-,१३९ र महिला-   १२५ गरी कुल  मतदान केन्द्र (क) मा ४३प्रतिशत मत खसेको छ ।

त्यस्तै कालिका आवी लिताकोटकै मतदान केन्द्र (ख) मा १२बजे सम्म २६७ महत खसेको मतदान अधिकृत रमेश ल्वारले बताउनुभयो र उहाँका अनुसार कुल मतदाता संख्या ५७८ रहेकोमा २६७ मत खसेको हो ।  त्यसमा महिला-१४८ र पुरुष-११९ गरी मत खसेको छ । 

कालिका आवी लिताकोट मतदान स्थलको कुल मतदाता संख्या  ११ सय ३८ रहेकोमा ५३१ मत खसेको छ । 

व्यवस्थापकीय पाटो प्रभावकारी भएको र  नाम जुरु देखि अन्य प्रक्रियालाई सहज बनाएका कारण मतदान उत्साहन जनक रुपमा भईरहेको छ । जुम्लामा हाल सम्म २० प्रतिशत मत खसेको  छ । 

निकै शान्त र व्यवस्थित वाताबरणमा मतदान भईरहेको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस