जुम्ला । जुम्लामा साँझ ५ बजे सम्म ५३.९९ प्रतिशत प्रतिशत मत खसेको छ । कुल ७१ हजार ७३९ रहेको जुम्लामा साझ ५ बजेसम्मको प्राप्त विवरण अनुसार ३९ हजार ११२ अर्थात ५३.९९ प्रतिशत मत खसेको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमील्सीनाले बताए ।
विहान ७ बजेदेखि सुरु भएको मतदान ठिक ५ बजे बन्द भएको थियो । निर्धारित समय भित्र जुम्लाका ११० मतदान केन्द्रबाट प्राप्त विवरण अनुसार ३९ हजार ११२ मत खसेको हो।
जसमा महिलाको संख्या २० हजार४५ र पुरुषको संख्या १९ हजार ६७ रहेको छ ।
जुम्लाका कुल मतदाता मध्य ३२ हजार ६२७ मतदाता मतदानमा सहभागी भएनन् । कुल पुरुष मतदाता ३७ हजार ४५९ रहेकोमा १९ हजार ६७ जनाले मात्रै मतदान गर्दा १८ हजार ३९२ जना पुरुष मतदाता अनुउपस्थित भए ।
भने कुल महिला मतदाताको संख्या ३४ हजार २८० रहेकोमा २० हजार ४५ ले मातै मतदान गरे । भने १४ हजार २३५ महिला मतदाता निर्वाचनमा सहभागी भएनन्।
जिल्लाका ११० वटै मतदान केन्द्रमा शान्त, भयरिहत वाताबरणमा निर्वाचन सम्पन्न भएको जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनु भयो।
सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याईसकेपछि सर्वदलिय बैठकको निर्णयअनुसार मत गणना सुरु गर्ने तयारी छ । फलामे डण्डी सहितको घेराबार भएको मत गणना स्थल जुम्लामा तयार गरिएको छ ।



