एमाले उम्मेदवार शान्तिलाल महतको चुनाव खर्च साढे ५ लाख

जुम्ला । नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले चुनाव खर्च सार्वजनिक गरेका छन् । महतले चुनाव अवधिभर भएको चुनाव खर्च मंगलबार सार्वनजिक गरेका हुन् ।

सार्वजनिक भएको खर्च विवरण अनुसार महतको चुनाव अवधिभर ५ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ । जुम्लाका एक स्वतन्त्र सहित १० उम्मेदवार मध्य चुनाव खर्च सार्वजनिक गर्ने एमाले उम्मेदवार महत पहिलो हुन् ।

खर्च विवरणअनुसार गाडी एउटा ९० हजार, ईन्धन एक सय लिटर ३० हजार, प्रचार सामाग्री (प्रचा पम्पलेट) खर्च १ लाख ६० हजार, आवाज सहितको सन्देश निर्माण तर्फ १ लाख ३० हजार र अन्य खर्च १ लाख ४३ हजार गरी कुल ५ लाख ५३ हजार खर्च भएको  एमाले उम्मेदवार महतले जानकारी दिए । 

निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालय जुम्लामा समेत बुझाईसकेको उनको भनाई छ । जुम्लाका अन्य ९ जना उम्मेदवारले अझै चुनाव खर्च सार्वजनिक गरेका छैनन् । उम्मेदवारले अनिर्वाय रुपमा चुनाव खर्च सार्वजनिक गर्नु पर्ने कानुनी प्रावधान छ ।

निर्वाचन आयोगले जुम्लाका प्रत्यक्ष तर्फका उम्मेदवारलाई ३० लाख खर्च गर्न पाउने कानुनी प्रावधान बनाएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस