कांग्रेसबाट अलग्गिने नेविसंघ सिनेटको निर्णय मान्य नभएको भन्दै नेविसंघका रुष्ट सदस्यहरुले महामन्त्री गुरु घिमिरेलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले संघका अध्यक्ष दुजाङ शेर्पालाई कारबाही गर्न समेत माग गरेका छन् ।
काठमाडौँमा सम्पन्न नेविसंघको सिनेट बैठकले पार्टीको भ्रातृ संस्थाबाट अलग्गिएर संघलाई विद्यार्थीको हितग्राही संस्थाका रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
बदलिँदो समयअनुसार विद्यार्थी आन्दोलनमा सुधारको आवश्यकतालाई आत्मसात् गर्दै सिनेट बैठकले कार्यप्रणालीलाई स्वायत्त बनाउने निर्णय गरेको शेर्पाले बताएका थिए ।
प्रकाशित मिति : २०८२ चैत्र ८ गते आइतवार



