सडक डिभिजनद्वारा सुपरभाईजर र लेन्थवर्करलाई क्षामता अभिबृद्वी तालिम

जुम्ला । सडक डिभिजन जुम्लाले सुपरभाईजर तथा लेन्थवर्कर हरुलाई तालिम दिएको छ । विभिन्न सडक आयोजनामा कार्यरत सुपरभाईजर र लेन्थवर्करलाई एकदिने पुर्नताजकी तालिम तथा क्षामता अभिबृद्वि कार्यक्रम गरेको हो ।

सोमबार एक दिने कार्यक्रमको आयोजना गरी सडक सुरक्षा तथा वर्खाको समयमा हुन सक्ने जोखिम तथा नियन्त्रणका लागि गर्न सकिने कामका विषयमा सिकाईएको सडक डिभिजन जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताए । उनका अनुसार पुर्नताजकी तथा क्षामता अभिबृद्वी कार्यक्रममा झण्डै ८२ जना सुपरभाइजर तथा लेन्थवर्करहरुको  सहभागिता थियो ।

कार्यालयको वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष लेन्थवर्कर र सुपरभाईजरका लागि क्षामता अभिबृद्वीको कार्यक्रम संचालन गर्दै आएका प्रमुख महताराले उल्लेख गरे । 

यस  पुनर्ताजगी तथा क्षमता अभिवृद्धी कार्यक्रम बाट थप उर्जा तथा हौषलाको साथ आ- आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्यक्षमताको साथ कार्यसम्पादन गर्ने समेत अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस