तातोपानीमा जलवायू अनुकुलन,खाद्य र उर्जा विकासमा उल्लेखीय प्रगति: बढ्दै दातृ संस्थाको लगानी 

जुम्ला । तातोपानी गाउँपालिकामा एकै वर्षमा जलवायू अनुकूलन, खाद्य सुरक्षा तथा उर्जा विकासका क्षेत्रमा उल्लेखीय लगानी भएको छ । तातोपानी गाउँपालिका र कृषि खाद्य प्रणालीका लागि नविकरणीय उर्जा (रेरास) परियोजनाले जलवायू अनकूलन, खाद्य सुरक्षा र उर्जा विकासमा मात्रै वर्षमा ८ करोड लगानी भएको पाइएको छ । 

तातोपानीका पहिलो कार्यकालका जनप्रतिनिधिको पालामा तातोपानीमा दातृ निकायको लगानी शुन्य जस्तै थियो । २०७९ को निर्वाचनमा पालिकाको अध्यक्षमा नन्द प्रसाद चौलागाँई निर्वाचित भएयता पालिकाको शिक्षा,स्वास्थ्य, कृषि, जलवायू अनुकलन,खाद्य सुरक्षा तथा उर्जा विकासमा दातृ निकायको करोडौ लगानी भित्रिएको छ । 

जसमा रेरास परियोजनाले करोडौ लगानीमा पालिकाको समन्वयमा विश्व खाद्य कार्यक्रम,लिर्वड,वैकल्पीक उर्जा प्रर्बद्धन, आईसिआईमोड, र पेश नेपालसंग साँझेदारी गरी तातोपानीको कृषि,खाद्य र उर्जामा उल्लेखीय काम गरेका छन् । 

मंगलबार पालिकामा आयोजित प्रगती समिक्षा अनुसार सन् २०२५ मा रेरास परियोजनाले साँझेदार संस्थाको सहकार्यमा ६ करोड ३६ लाख ३३ हजार २५६ रुपैयाँ खर्च गरेको रेरास परियोजनाका प्रमुख ऋषिराज ओलीले बताए । उनका अनुसार जल,खाद्य र उर्जा विकासमा तातोपानी गाउँपालिकाले एक करोड ६१ लाख ५२ हजार ४७१ रुपैयाँ लागत साँझेदारीका रुपमा लगानी गरेको छ । 

जसमा विश्व खाद्य कार्यक्रम अन्तरर्गत तातोपानीका २९ वटै विद्यालयमा अर्गानिक दिवा खाजा, नमुना भान्साघर निर्माणका लागि ३ करोड ४६ लख ७० हजार, लिर्वड अन्तर्गत जलवायू अनुकुलन तथा लैगिकमत्री कृषि प्रविधि अभ्यास,खाद्य तथा पोषण सुधार, रैथाने फलफूल र तरकारी बालीको प्रर्बद्धनमा ७३ लाख खर्च भएको छ । 

भने, वैकल्पीक उर्जा प्रर्बद्धन अन्तरर्गत उर्जा विकासका लागि तथा सिँचाई आयोजना निर्माणका लागि १ करोड २९ लाख ६३ हजार २५६ रुपैयाँ लगानी भएको छ । भने यु.एन.डी.पी अन्तरर्गत नविनतम् कृषि प्रविधि तथा नीतिगत र संस्थागत विकासमा ८७ लाख गरी एक वर्षमा ६ करोड ३६ लाख ३३ हजारबढी लगानी भएको ओलीले उल्लेख गरे । 

पालिकामा १६ वटाँ नयाँ भान्साघर निर्माण, सबै विद्यालयमा अर्गानिक दिवा खाजा विस्तार, ३ वटा बृहत सिँचाई आयोजना निर्माण, ३० हेक्टर क्षेत्रफल जमिनमा सिँचाई सुविधा विस्तार, ६ वटा सहकारी मार्फतएक कराड १८ लाख बराबरको २४ मेट्रिकटन दिवा खाजा आपुर्ति,पोषण स्थितीमा सुधार, रैथानेबालीको प्रर्बद्धन,कृषि जैविक विविधताको संरक्षण, व्यवसायीक तरकारी खेतीबाट किसानको आयस्तर बृद्धि लगायतका उपलब्धीहरु हासिल भएका छन् । 

तातोपानीमा अर्गानिक दिवा खाजालाई ब्राण्डिङका रुपमा विकास विश्व खाद्य कार्यक्रमले उल्लेखीय रुपमा लगानी गरेको छ । विश्व खाद्य कार्यक्रमका फिल्ड अधिकृत चक्र जीसिले अर्गानिक दिवा खाजाका लागि पूर्वाधार विकास तथा भाडा वर्तनमा लगानी गरेको बताए ।  

साथै रेरास परियोजनाले सन् २०२६ मा पालिकामा ४ करोड ५२ लाख बजेट लगानी गर्ने छ । चालु आवमा किसानको आय बृद्धिलाइ प्रथामिकता दिएर उत्पादित वस्तुको बजारीकरणलाई प्रथामिकता दिने लक्ष्य राखिएको छ । चालु आवमा तातोपानीको ६५ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने योजना रहेको छ । 

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले दातृ निकायको लगानीले पालिकाले लिएको कृषि, शिक्षा, उर्जा तथा खाद्य सुरक्षाका लक्ष्यहरु परिणामुखी बनेको बताए । विशेषगरी रेरास परियोजनाले पालिकाको विकासमा गरेको उल्लेखीय विकास प्रसंनिय रहेको उनको भनाई छ । 

विगतमा दातृ निकायको सुन्य लगानी रहेको तातोपानीमा अहिले आधा दर्जनबढी दातृ निकायले कृषि,शिक्षा,जलवायू अनुकुलनमा लगानी भित्रयाउन सफल भएको र भएका विकासलाई संस्थागत गर्न ध्यान दिनुपर्ने अध्यक्ष चौलागाँईले उल्लेख गरे । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर चन्दले पालिकाका किसानले उत्पादन गरेको कृषि वस्तुको बजारीकरणलाई सहज बनाउन ठोस नीति र संरचना बनाउनु पर्ने बताए । उत्पादित वस्तुको बजारीकरणाका लागि गाउँपालिकाले पहल भईरहेको उनको भनाई छ । 

कृषि,जलवायू अनुकुलन, अर्गानिक दिवा खाजा, सिँचाई लगायतका क्षेत्रमा लगानी बढ्दै गएकाले अब उपलब्धीहरुको दस्तावेजीकरण गर्न तर्फ पालिका र संस्थाले विशेष ध्यान दिनुपर्नेमा निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्दले जोड दिएका छन् । 

प्रकाशित मिति : २०८३ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस