कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति समक्ष उपकुलपति डा. पुजन रोकायाले यस्ता राखे माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कूलपति एंव प्रधानमन्त्री बालेन शाह समक्ष उपकूलपति डा. पुजन रोकायाले व्रिफिङ गरी माग राखेका छन् ।
उपकुलपति रोकायाले जुम्लाको चेरेचौरस्थित शैक्षिक तथा आवाशिय भवन निर्माणका निमित्त बहु बर्षिय आयोजनाको श्रोत सूनिश्चितता गरिनु पर्ने । चेरेचौरस्थित ढाँणथपला समुदायबाट थप जग्गा प्राप्तिका निमित्त आवश्यक पर्ने राजश्व शूल्कको छुट सम्वन्धि व्यवस्था गरिदिनु पर्ने ।
कर्णाली लगायत पिछडिएका छात्रछात्राहरुको प्रतिष्ठानको मर्म अनुसार प्रतिष्ठानमा अध्ययन गर्न आरक्षणको सूनिश्चितता गर्न राष्ट्यि चिकित्सा शिक्षा ऐन, २०७५ को संशोधन गरि दिनुपर्ने ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा सुविधा लगायत स्तरोन्नती तथा वित्तृ विकासको आवश्यकता र कार्यन्वयन गर्नुपर्ने ।
प्रतिष्ठानमा विशिष्टकृत स्वास्थ्य सेवाहरु संचालनका लागि आवश्यक विशिष्टकृत जनशक्ति र उपकरण सहित (एमआरआई लगायत) को व्यवस्थापन गरि दिनुपर्ने ।
अगामी आर्थिक वर्ष २०८३÷०८४ को लागि प्रतिष्ठानलाई पर्याप्त वजेटको व्यवस्थापन गरिदिनु पर्ने ।
प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको समयानुसारको स्तरोन्नतीका निमित्त ओ. एण्ड एम. (दरबन्दी तेरीजको) अनुसारको वजेट सूचिश्चितता साथै अर्थ मन्त्रालय र लोक सेवा आयोग विच समन्वय गर्नु पर्ने ।
कर्णालीका बहुमुुल्य जडिवुटी र औषधिजन्य बनस्पतीको संरक्षण, प्रवद्र्धन गर्दै बहुमल्य जडिवुटीलाई अनुसन्धान, स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवासंग जेड्दै आत्मनिर्भरता तर्फ ध्यान दिनुपर्ने जस्ता माग उपकुलपति डा. रोकायाले कुलपति समक्ष माग राखेका छन् ।

प्रकाशित मिति : २०८३ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस