मुगु । मुगु जिल्ला छायाँनाथ रारा वडा नं १३ रुगा गाउँका एक बालक कर्णाली नदीमा बेपत्ता भएका छन् । स्थानीय सुर्य नेपाली का ५ वर्षीय छोरा आयुष्मान नेपाली भुगाडे भन्ने स्थान नजिक कर्णाली नदीमा पौडी खेल्ने क्रममा अचानक नदीको तीव्र बहावमा परि बगेर बेपत्ता भएका हुन् ।
स्थानीय राजेश लावड ले अस्थायी प्रहरी बिट बसपार्कमा जानकारी गरेपछि तत्काल अस्थायी प्रहरी बिट बसपार्क बाट ४:५० बजे प्रहरी हवलदार .दिपक सिङ्गको कमाण्डमा गएको प्रहरी टोली र सशस्त्र प्रहरी बल नं.४५ गुल्मबाट स.प्र.ना.नि.कमल जंग शाहको कमाण्डमा गएको टोली सहित जम्मा १५ जनाको संयुक्त सुरक्षा टोली घटनास्थल तर्फ तत्काल खटिई खोज तलास कार्य गरिरहेको छ ।
उक्त कर्णाली नदिमा बेपत्ता भएको बालकको खोजी कार्यको लागि जिल्ला प्रहरी कार्यालय गमगढिबाट प्रहरी नायिक उपनिरीक्षक रबिराज थपलियाको कमाण्डमा १/९ जनाको टोली खटिएको छ ।



