बलात्कार घटना आरोपमा वडाध्यक्ष पक्राउ


जुम्ला – २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पातारासी गाउँपालिका– ५ नम्बर वडाध्यक्ष ४२ वर्षीय दत्तबहादुर बुढालाई प्रहरीले ०८३ बैशाख २३ गते पक्राउ गरेका छ ।


पीडित महिलाले बैशाख २२ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएपछि प्रहरीले घटनाका आरोपितलाई पक्राउ गरेको हो । पीडित महिलालाई पटक–पटक धम्क्याउँदै र जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिन बाबु रेग्मीका अनुसार घटनाका आरोपितलाई पक्राउपछि थप अनुसन्धान भई रहेको छ । अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ

प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस