तातोपानी र तिलामा बजार अनुगमन, २८  हजारको अखाद्य बस्तु बरामद 

जुम्ला । जुम्लाको तातोपानी र तिला गाउँपालिकाका ग्रामिक बजारमा अनुगमन गरिएको छ। तातोपानी -२ जर्मी र तिलाको सेरी,त्रिबेणि र कुडारी बजारमा अनुगमन गरिएको हो।

अनुगमनको क्रममा मिति सकिएका खान नमिल्ने  चाउचाउ ,बिष्कुट, चोकोपाइ जस्ता लगायतका करिब २९ हजार मुल्य बराबरका अखाधबस्तुहरु बरामद गरि नष्ट गरिएको उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका कार्यालय प्रमुख मन्दिरनाथ योगिले बताए । 

नियमित बजार अनुगमन गर्ने क्रममा बुधबार दुई पालिकाका केही बजारमा अनुगमन गरिएको प्रमुख योगीको भनाइ छ।व्यापारीलाई  न्युनतम कानुनी मापदण्ड पूरा गर्न सुझाव दिदै म्याद गुज्रिएका बस्तु बेच्नु अपराध भएकोले दोर्सो पटक पसलमा त्यस्ता बस्तु भेटिएमा कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी मीन बहादुर रावलले बताए ।

कुनै पनि व्यबसाय कानुन बमोजिम दर्ता गरेर मात्र संचालन गर्न तिला गाउँपालिका उपाध्यक्ष गोरिकला बुढाले व्यबासायीलाई आग्रह गरिन।उपभोक्ताको स्वास्थ्यमा असर पर्ने हुँदा म्याद नाघेका बस्तु उपभोग नगर्न र सचेत हुनुपर्नेमा उपाध्यक्ष बुढाको जोड छ।

 तातोपानी र तिलामा खुद्रा पसल, औषधि पसल,कपडा पसल लगायतमा अनुगमन गरिएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस