प्रधानमन्त्रीले लोकतन्त्र होइन, बालेनतन्त्र विकास गरेको बजारमा हल्ला छ : सांसद महर

नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रधानमन्त्रीको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै सरकारले लोकतान्त्रिक प्रणालीभन्दा पनि ‘बालेनतन्त्र’ जस्तो शैली प्रवर्द्धन गरिरहेको चर्चा बजारमा व्यापक बनेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले बारम्बार संसदलाई बेवास्ता गर्दै आएको आरोप लगाए।


सांसद महरले संविधानको धारा ७४ ले नेपाललाई बहुलवादमा आधारित, बहुदलीय प्रतिस्पर्धात्मक तथा संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीका रूपमा स्पष्ट गरेको उल्लेख गर्दै अहिलेको सरकारले वास्तवमा कुन प्रकारको शासन अभ्यास गरिरहेको हो भन्ने गम्भीर प्रश्न उठाएका छन्। उनले संसद र संवैधानिक व्यवस्थालाई कमजोर पार्ने प्रवृत्ति देखिएको भन्दै त्यसप्रति सचेत हुन सरकारलाई आग्रह समेत गरेका छन्।

प्रकाशित मिति : २०८३ बैशाख ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस