जुम्ला – नेपाली कांग्रेस पार्टीका क्रियाशिल सदस्य तथा गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले दल परित्याग गरी अन्य दलमा प्रवेश गरेको आरोपमा स्पष्टिकरण सोधेको छ ।
कार्यवहाक सभापति दिपकबहादुर शाहीले हस्ताक्षर गरेको स्पष्टिकरण पत्रमा भनिएको छ, तपाईले नेपाली काँग्रेस पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेको होहल्ला भएकोले बास्तविकता के हो ? पत्र प्राप्त वा सामाजिक संजालबाट जानकारी भएको मितिले ३ दिन भित्र लिखित स्पष्टिकरण पेश गर्न हुन जानकारी गरिन्छ । अन्यथा नेपाली कांग्रेस पार्टीको विधान तथा नियमावली बमोजिम कारवाही हुने स्पष्टिकरण पत्रमा उल्लेख गरिएको छ ।
स्पष्टिकरणमा प्रष्ट उल्लेख नभएको भएपनि अन्य दल भनेको राष्ट्रिय स्वतन्त्र पार्टीमा (रास्वापा) प्रवेश गरेको आशंका छ, एक काग्रेसीजनले भने । उनले थपे, यस्ता व्यक्तिले पार्टीले पहिले नै कारवाही गर्नुपर्ने हो । कांग्रेसको गाउँ कमिटिले पहिले नै अध्यक्ष बुढालाई कारवाहीको सिफारिस गरेको हो । तर जिल्ला समितिले आट गर्न सकेन । त्यसको परिणाम अहिले देखिदैछ ।
स्पष्टिकरण र दल त्यागको विषयमा बुझ्न खोज्दा फोन सम्पर्क हुदा पनि अध्यक्ष बुढाले फोन रिसिभ गर्नु भएन । रास्वापा जुम्लाका सभापति मक्कर भण्डारी पनि यो विषयमा स्पष्ट खुलाउन चाहानु भएन ।
दल त्यागे पद रिक्त
जनप्रतिनिधिले निर्वाचित दलको सदस्यता त्याग गरेको खण्डमा पद रिक्त हुने निर्वाचित आयोग हालै जारी गरेको एक सूचनामा उल्लेख गरिएको छ । आयोगले २०८३ बैशाख ३१ गते प्रशासन गरेको एक सुचना अनुसार १६ जना जनप्रतिनिधिको पद रिक्त रहेको उल्लेख गरिएको छ ।
राजनीतिक दल सम्वन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्वन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको केन्द्रीय कमिटिको निर्णय अनुसार आयोगले पद रिक्त हुने कानुनी प्रावधान उल्लेख छ ।
राजनीतिक दल सम्वन्धी ऐन, नियमावली र नेपाली कम्यूनिष्ट पार्टीको केन्द्रीय कमिटिको निर्णय अनुसार दल त्यागरेको १६ जनाको पद रिक्त रहेको आयोगले २०८३ बैशाख ३१ गते सुचना प्रकाशित गरेको थियो ।




