प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको विरोध, “प्रधानमन्त्री जवाफदेही खोइ भन्दै

जुम्ला । प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गरेलगत्तै उनीहरू आफ्नो स्थानबाट उठेर सभामुखको आसन अगाडि पुगेका थिए ।


सांसदहरूले हातमा पर्चा बोकेर विरोध प्रदर्शन गर्दै “प्रधानमन्त्री जवाफदेही बनेको खोइ ?” भन्ने प्रश्न उठाएका छन् । उनीहरूको विरोधपछि संसद् बैठकको वातावरण केही समय तनावपूर्ण बनेको थियो।

प्रकाशित मिति : २०८३ जेष्ठ ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस