हावाहुरीले राँसा मालापानीको बिद्यालयमा क्षति

जुम्ला । जुम्लामा शुक्रबारर आएको भिषण हावाहुरीले तिला गाउँपालिका वडा नं. ९ को रासामाला पानीको विद्यालयमा क्षति गरेको छ । राँसा मालापानी स्थित ज्योती माध्यमिक विद्यालयमा क्षति पुराएको हो । हावाहुरीले विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पु¥याए पछि नियमित पठनपाठन प्रभावित हुने देखिएको छ । शुक्रबार चलेको तीव्र हावाहुरीले विद्यालयको टिनको छाना उडाएको छ । भने काठबाट बनेका अधिकांश संरचना चर्किएका छन् ।

कक्षाकोठा भित्र रहेका शैक्षिक सामग्री, पुस्तक तथा फर्निचर समेत क्षतिग्रस्त भएका छन् । विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणाली समेत पूर्ण रूपमा नष्ट भएपछि विद्यालय अन्धकारमा डुबेको छ । विद्युत सेवा नपुगेको उक्त क्षेत्रमा सौर्य ऊर्जामै निर्भर विद्यालय अहिले ऊर्जा विहीन बनेको प्रधानाध्यापक मोतीराम बुढाले जानकारी दिए ।

विद्यालयको जस्तानै उडाएपछि नियमित पठनपाठन प्रभावित भएकाले तत्काल राहत तथा पुर्ननिर्माणका लागि सहयोग गरिदिन विद्यालयले सबै सरोकारवालालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस