मुगु । मुगु जिल्लाको विकट सोरु गाउँपालिका वडा नम्बर २ मा रहेको श्री जनज्योति माध्यमिक विद्यालयका २५०विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। सदरमुकाम गमगढीदेखि करिब एक दिनको पैदल दूरीमा रहेको उक्त विद्यालयका नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई अक्कल कोपिला फाउन्डेसन का सस्थापक कि धर्मपत्नि कोपिलाको जन्मदिनको अवसर पारेर मुगुको सोरु म रहेको जनजोति मावि म स्टेसनरी लगायतका शैक्षिक सामग्री सहयोग गरेको छन।
भौगोलिक रूपमा निकै दुर्गम र आर्थिक रूपमा विपन्न परिवारका बालबालिका अध्ययन गर्ने यस विद्यालयमा आवश्यक शैक्षिक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीहरूलाई फाउन्डेसनले राहत पुर्याएको छ।
लामो समयपछि आफूले लेख्ने र पढ्ने कापी, कलम लगायतका सामग्री हातमा पाएपछि विद्यार्थीहरू निकै हर्षित देखिएका छन्। सामग्री बुझ्दै विद्यालयका कि इनिसा बुमि ले खुसी व्यक्त गर्दै भनिन्न, “हामीले कापी-कलम अभावकै कारण पढ्न नपाउने अवस्था थियो। आज सामग्री पाएर निकै खुसी लागेको छ। हाम्रा लागि अक्कल बोहरा जस्तो भगवान मान्छे पायौँ।”
दुर्गम क्षेत्रका बालबालिकाहरूको शिक्षामा पहुँच पुर्याउने र उनीहरूको अध्ययनलाई निरन्तरता दिने उद्देश्यले फाउन्डेसनले यो अभियान सञ्चालन गरेको संस्थाले जनाएको छ। विद्यालय प्रशासन र स्थानीय अभिभावकहरूले पनि यो सराहनीय कार्यका लागि फाउन्डेसन र सहयोगी मनहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।



