जुम्ला । जनता माध्यमिक प्राविधिक विधालय महत गाउँका सुस्त श्रवण बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । १९ औं गणतन्त्र दिवसका अबसरमा शुक्रबार विधालयमै पुगेर शैक्षिक तथा खेलकुद सामाग्री विरतण गरिएको हो ।
जनता माध्यमिक विधालय महत गाउँमा अध्ययन गरिरहेका सुस्त श्रवण भएका २५ जना बालबालिका लाभान्वित हुने गरी सामाग्री हस्तान्तरण गरिएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तथा कर्मचारी मिलन केन्द्रका अध्यक्ष टोप बहादुर बुढाले बताए ।
सामाग्री वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय, प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, समन्वय अधिकारी रोम महत, राष्टि्य अनुसन्धान केन्द्र जुम्लाका प्रमुख लगायतको सहभागिता थियो ।
साथै १९ औं गणतन्त्र दिवस मनाउने सन्दर्भमा विभिन्न निर्णय गरेर कार्यक्रमहरु तय गरिएको छ । जसमा विहिवार र शुक्रबार (आज) सरकारी तथा गैर सरकारी कार्यालयको छत, बरण्डा र परिसरमा निर्धारित साईजका राष्टि्य झण्डा राख्ने,आफ्नो कार्यालय सरसफाई गर्ने र जिल्लाबासीका घरघरमा दीप प्रज्वलन गर्ने निर्णय भएको छ ।
त्यस्तै, शक्रबार साझ ७ बजे जुम्ला सदरमुकाम खलंगा बजार स्थित कृष्ण मन्दिर नजिक जनप्रतिनिधि,स्थानीय समाजसेवी,राष्ट् सेवक कर्मचारी तथा सुरक्षाकर्मीको सहभागितामा दीप प्रज्वलन गर्ने निर्णय भएको छ ।



