जुम्ला । चन्दननाथ नगपालिकामा सिकाई आपुरण तथा द्रुत सिकाई योजना कार्यान्वयन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका भित्रका सामुदायिक विधालयका प्रधानाध्यापक हरुको सहभागितामा विपदको समयमा सिकाई निरन्तरताका लागि सिकाई आपुरण तथा द्रुत सिकाई योजना कार्यान्वयन अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
कार्यक्रममा चन्दननाथ नगरपालिकाका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाँईले सिकाई आपुरण तथा द्रुत सिकाई योजना कार्यान्वयनको अबस्था, चरण, भावी योजना लगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए ।
शाखा प्रमुख चौलागाँईले २०७६/०७७ सालमा विश्वभर फैलिएको कोभिड, भूकम्प, बाढी पहिरो जस्ता विपदबाट विधालय बन्द भएको र त्यसबाट बालबालिकाको पढाई प्रत्यक्ष प्रभावित भएकाले सिकाई आपुरण तथा द्रत सिकाई (रियल प्लान) कार्यक्रम नगरपालिकाका सबै सामुदायिक विधालयमा संचालन गरिएको उल्लेख गरे ।
सिकाई आपुरणका लागि स्थानीय अनुगमनसंयनत्र सूचकमा स्कोर्ड,,शैक्षिक डायरीमा समय तालिका,एकिकृत तालिम तथा क्षामता विकास,ईमिस फोकल शिक्षकको विकास,प्राविधिक र पूर्वाधारगत सहजीकरण,अफलाईन टेम्प्लेटकाे व्यवस्था, कल्ष्टरमा आधारित डाडा ईन्ट्री क्याम्प ,बहुपक्षीय साझेदारी र ,स्रोत परिचालन ,साझेदारहरु संगको समन्वय
तथ्यांकमा आधारित पृष्ठपोषण लगायतका विधि अपनाउन सहिने प्रमुख चौलागाँईले जानकारी दिए ।
नगरपालिकाका सामुदायिक विधालयको शैक्षिक गुणस्तरलाई कायम राख्न रियल प्लान कार्यक्रम संचालन हुदैँ आएको छ ।सिकाई आपुरण कार्यक्रम सुरु २०७६ देखि सुरु भएपनि यसको प्रभाव र आबश्यकता दिर्घकालीन समय सम्म रहेकोमा जोड दिए । नगरभित्रको शैक्षिक अबस्था सुधारका निम्ती विश्व खाध कार्यक्रमलले उल्लेखीय सहयोग समन्वय समेत गर्दै आएको छ ।
कर्णाली मावि अनामनगरका प्रधानाध्यापक मिनराज शर्माले विधालय स्तरमा मनो सामाजिक परामर्शका कार्यक्रमसंचालन गर्नु पर्ने बताए । विधालय स्तरमै मनोपरामर्शदाता लिएर कार्यक्रम संचालन गर्न जरुरी रहेको उनको भनाई छ ।
चन्दननाथ-१ का अध्यक्षले सिकाई आपुरण कार्यक्रम अत्यावश्यक रहेकाले निरन्तर संचालनका निम्ती सबै निकायबीच सहकार्य गर्नु पर्ने बताए । विपद् देखि चाडपर्वका कारण लामो समय विधालय बन्द हुने समस्या रहेकाले सिकाई आपुरण कार्यक्रम अनिवार्य संचालन गर्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले विपदबाट प्रभावित शिक्षाको क्षतिपुर्ति प्रदान गर्न, बालबालिकाको सिकाई बृद्विका लागि नगरपालिकाले संचालन गर्दै आएको सिकाई आपुरण कार्यक्रम अनुसरणयोग्य रहेको बताए । कार्यक्रममा नगरपालिकाका सबै सामुदायिक विधालयहरुको सहभागिता रहेको थियो ।



