जुम्ला । जुम्लाको चन्दननाथ गुरूकुल पाठशालाको नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । कृष्णमाया उपाध्यायको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति गठन गरिको हो । सर्वसहमतिबाट समिति गठन गरिएको हो ।
चन्दननाथ भैरवनाथ गुठि अन्तरगत सञ्चालन हुँदै आएको पाठशालाको अभिभावक भेला मार्फत समिति गठन गरिएको पाठशालाका प्रधानाध्यापक विश्वराज उपाध्यायले जानकारी दिए ।
जसमा रत्न प्रसाद रोकाया, रामसिंह रावल, संगीता न्यौपाने, वडा प्रतिनिधिमा चन्दननाथ नगरपालिकाकोवडा नम्बर ५ कन वडा अध्यक्ष विर्ख बहादुर कार्की, सदस्य सचिव विश्वराज उपाध्याय र शिक्षक प्रतिनिधीमा तिलक प्रसाद उपाध्याय रहनु भएको छ ।
ब्राह्मण समुदायका मात्र भएर संस्कृत पढ्न चाहने सबै समुदायका बालबालिकाले अहिले गुरूकुल पाठशालामा अध्ययन गर्दै आएका छन् ।
जसमा सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा दयादत्त हमाल, पूर्णशेखर देवकोटा पूर्ण सिह कठायत र चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अम्मर थापा सल्लाहकार समितिमा रहेका छन् ।



