सिंजा गाउँपालिकामा विश्व वातावरण दिवसमा वृहत्त वृक्षारोपण 

जुम्ला । जिल्लाको सिंजा गाउँपालिकामा विश्व वातावरण दिवस मनाइएको छ । ` स्वच्छ वातावरण,स्वस्थ जीवन,हाम्रो प्रतिबद्धता ´ मुल नारासहित गाउँपालिकामा वृक्षारोपण गरेर दिवस मनाइएको हो ।

उक्त अवसरमा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले हिमा नदी छेउमा बैँसको बिरुवा रोपेर दिवस समारोहको सुरूवात गरेका थिए । 

नदि किनारमा कुल २ सय वटा बिरुवा रोपिएको अध्यक्ष धितालले बताए । उनका अनुसार स्वच्छ वातावरणका लागि वृक्षारोपण आवश्यक छ । 

`हामीले सिंजामा वातावरण दिवसको अवसरमा व‌ृक्षारोपण गरेका छौ। स्वच्छ वातावरण र स्वस्थ जीवनका लागि व‌ृक्षारोपण अनिवार्य छ ,´ अध्यक्ष धितालले भने । 

वृक्षारोपण कार्यक्रममा प्लान इन्टरनेशनल,कारितास नेपाल,सुस्वा र पेस नेपालले साझेदारी गरेका थिए । वृक्षारोपण कार्यक्रममा सिंजा गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी र साझेदार संस्थाका कमर्मचारी लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस