कालिकोट — कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा आएको पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आइतबार बिहान ६:५० बजे ढुङ्गा, माटो र लेदो सहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। पहिरो पन्छाएपछि बिहान ८:०० बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ असार २९ गते सोमवार




