सिरहामा गोली लागेर ज्यान गुमाएका गणेश यादवका परिवारसँग सरकारको, ७ बुँदा सहमति

जुम्ला । सिरहाको औरही गाउँपालिका–२ का गणेश यादवको प्रहरीको गोली लागेर मृत्यु भएको घटनापछि उनका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ।


साउन १४ गते सुनसरी घटनाको विरोधमा गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका यादवको शव आज हेलिकप्टरमार्फत ल्याई दाहसंस्कार गरिने जनाइएको छ।
गृहमन्त्री सुदन गुरुङ र मृतकका बुबा रामवृक्ष यादवबीच भएको सहमतिपत्रमा हस्ताक्षर भएको हो।


सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने, परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गर्ने, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने, मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने तथा भाइ–बहिनीलाई शिक्षा र बुबा–आमालाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ।

सहमतिका ७ बुँदा


१ गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने र परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने।


२ गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने।


३ परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर दिने।


४ छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने।


५ मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने।


६ साउन १६ गते मृतकको दाहसंस्कार गर्ने।


७ मृतकका भाइ–बहिनीलाई शिक्षा तथा बुबा–आमालाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने।

सहमति पत्र


प्रकाशित मिति : २०८३ साउन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस