त्रिवेणी-टोल्पा सडक सुक्खा पहिरो खस्दा अबरुद्व 

जुम्ला । त्रिवेणी-टोप्ला सडक अबरुद्व भएको छ । तातोपानी गाउँपालिका वडा नं ७ र ८ को भेरीखोला क्षेत्रलाई यातायातमा जोड्ने एक मात्र माध्यम त्रिवेणी-टोप्ला सडक अबरुद्व भएको हो ।

स्थानीय सन्देश शाहीका अनुसार सडक अबरुद्व भएपछि आवतजावत पूर्ण रुपमा ठप्प भएको छ । तातोपानी-७ स्थित सर्मी नजिक ठुला ढुंगा सहित पहिरो आएपछि सडक अबरुद्व भएको छ । 

निरन्तर भईरहेको वर्षातका कारण त्रिवेणी-टोप्ला सडक बेला बेला अबरुद्व हुदै आएपनि उक्त सडक हेर्ने सडक डिभिजनले अबरुद्व खुलाउन मेसिन तैथान नगर्दा स्थानीयले सास्ती खेपेका छन् । 

आवत जावत पूर्ण रुपमा अबरुद्व भएकाले तत्काल पहिरो पन्छाउन भेरीखोला बासीले अनुरोध गरेका छन् । बुधबार मात्रै त्रिवेणी-टोप्ला सडकलाई स्तरोन्नित गर्न, पहिरो पन्छाउन जनशक्ति र उपकरण तैनाथ राख्न तातोपानी गाउँपालिका स्तरीय नागरिक समाजले सडक डिभिजनको ध्यानकर्षण गराईएको थियो । 

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस