मनऋषि धितालको २२२ खुला आँखा अभियान स्थगित

जुम्ला । जेन जी आन्दोलन पछि गत २०८२ को आम चुनावमा सहभागी भै बिगत ५ महिना देखि जुम्लामा संचालन भएको २२२ खुला आँखा अभियान रास्ट्रीय राजनीतिमा आएको फेरबदलसंगै स्थागित गरिएको छ।

उक्त अभियानले आफ्नो लक्ष यो ५ महिनामा पुरा गरेको छ। अभियानले कम्तिमा २२२ जनसेवाका गतिबिधि गर्ने, जुम्लाका २२२ बस्तीमा जनसेवाको संदेश पुर्याउने, २२२ जना सामाजिक अभियन्ता तयार गर्ने र नि:सर्त तथा निस्वार्थ जनसेवाको सामाजिक सस्कृति स्थापित गर्ने लक्ष लिएको थियो।

परिणामलाइ प्रबाह नगरी निर्वाचनका बेला जनतासंग गरिएका राजनीतिक बाचालाइ निर्वाचन पछि सामाजिक रुपमा रुपान्तरण गर्दै जुम्लामा हाम्रा जनसेवकहरुले आफ्नो निरन्तर सेवा जारी राखेका छन्।

समृद्द , स्वाभिमानी , स्वाबलम्बी , सदाचारी , स्वस्थ्य , सुरक्षित र सुन्दर जुम्ला निर्माणमा सामाजिक रुपमा हाम्रा जनसेवकहरु निरन्तर दिनरात परिचालित हुनेछन।

हाम्रा यी न्युनतम लक्षसंग मेल हुने गरि जुम्ला सहित देशभर आयोजना हुने जनस्तरका यस्ता सामाजिक अभियानमा हाम्रो निरन्तर सहयोग र सहयात्रा हुनेछ। आफ्नो उपयुक्त समयमा जुम्लाले सिंगो देश र मानव समुदायको हित गर्ने फरक “दर्शन” र “उदाहरण” पेश गर्ने हामीले आशा र विस्वास लिएका छौ।

पाच महिनामा स्थानिय विद्युतीकरण, प्राकृतिक श्रोत सम्रक्षण, बिपन्न तथा असहाय नागरिकलाइ सहयोग, जनस्वास्थ्यमा सेवामूलक अभियान , शिक्षामा सेवामूलक अभियान , भौतिक संरचना सुन्दरिकरण, मानसिक स्वास्थ्य प्रशिक्षण, स्थानिय सरकारहरुलाइ सदाचारका लागि खबरदारी, लागु औषद तथा मानव बेचबिखन बिरुद्द अभियान, जनसुरक्षा पहल जस्ता गतिबिधि हाम्रा जनसेवकहरुले गर्नु भएको छ।

सबै जनसेवक साथीहरु तथा सहयात्रीहरु, संचारमाध्यमहरु , स्वास्थ्यकर्मीहरु , शिक्षक बुद्दिजिवि, जुम्ला स्थित सबै प्रशासन र सुरक्षा निकाय , स्थानिय सरकारहरु सबैलाइ हार्दिक धन्यवाद। अब राजनीतिक तथा सामाजिक रुपमा अझै स्वाधीन र स्वतन्त्र रुपमा सबैसंग हातेमालो गरिने छ।
नया र फराकिलो सामाजिक अभियान जनसेवकहरुसंग आवश्यक सल्लाह पछि घोषणा गरिने छ।

आउनुहोस ! जुम्लाबाटै जनसेवा, बिकास र सम्रिद्दीको नविन “बिचार” तथा “दर्शन” निर्माणमा मेहनत र योगदान गरौ।

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस