जुम्ला – दुर्गम तिला गाउँपालिका – ७ तुही गाउँमा करिव १०९ घरधुरी भएको बस्ती छ । यो गाउँ सडक सञ्जालमा जोडिए पनि नियमित सवारी साधन भने सञ्चालन छैनन् । गाउँसम्म पुग्ने ट्याक खोलिए पनि सडक स्तरबृद्धि गर्नुपर्ने अवस्था देखिन्छ ।
तुही गाउँमा ३ सय बढी रोपनी जति खेती योग्य जमीन रहेको छ । यहाँका बासिन्दा धेरैजसो खेतीपाती कृषिबाट जीविकोपार्जन गर्न गर्दछन् । रोजगारमा जोडिएका कमै मात्रमा जोडिएका छन् ।
उनीहरुको आम्दानीको प्रमुख स्रोत भनेकै कृषि हो । फलफुलमा बढी स्याउ, ओखर खेती गर्ने गर्दछन् । अन्नबालीमा धान, जौ, गहु, कोदो, सिमि खेती गर्ने गर्दछन् । तुहीगाउँ नजिकै एउटा खोला छ । तर यो खोलामा बर्खायाममै सानै पानी आउने गर्दछ । हिउद सिजनमा खोलामा पानी घट्दै जान्छ । त्यो पानीले सवैलाई सिचाई गर्न मिल्ने अवस्था हुदैन थियो ।
यही समस्यालाई मध्यनगर गर्दै खोलाको छेउमा चिसाई ट्यांकी बनाएको थियो । त्यसले सिचाई गर्न सहज भएको थियो । खोला किनारमा सिचाई ट्यांकी भएकोले ०७९ सालमा ठुलो बाढी आएपछि बगाएर लियो । बाढीले सिचाई ट्यांकी नै बगाएर लिएपछि धानखेती घट्दै गयो । स्थानीय हैजाली कामीले भनिन् त्यतिबेलाको बाढीले सिचाई ट्यांक बाढीले बगाएपछि निकै समस्या भयो । धानखेती पनि गर्न सकिएन । आकासे पानीको भरमा खेती गर्नुपर्ने अवस्था आयो । करिव ४÷५ वर्षपछि पुनः गाउँमा सिचाई ट्यांकी बनेको छ । अब खेतबारीमा सिचाई गर्न सहज हुने आशा पलाएको स्थानीय बताउन्छन् ।
तुही गाउँका धनपति कामीका अनुसार बाढीले सिचाई ट्यांकी बगाएको करिव ४÷५ वर्षपछि पुन अर्काे ट्यांकी निर्माण गरिएको छ । उनले भने, स्थानीय बासीको २० प्रतिशत श्रमदानसहित ७ लाख ३४ हजार रुपियाँ बजेटमा सिचाई ट्यांकी निर्माण भएको हो । यसमा वल्र्डभिजन र किर्डाक नेपाल, जुम्लाको ठुलो सहयोग छ । कृषिबाट स्थानीय बासिन्दालाई जिविकोपार्जन सहज होस भन्ने उद्देश्यका साथ सिचाई ट्यांकी वल्र्डभिजन र किर्डाक नेपाल, जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगबाट निर्माण भएको निर्माण समितिका अध्यक्षसमित रहेका स्थानीय धनपति कामीले बताए ।

गाउँमा कार्यक्रम सहजीकरण गर्दै आएकी किर्डाक नेपाल, जुम्लाका सामाजिक परिचालक मायादेवि रावलका अनुसार कृषिमा टेवा पुग्ने र स्थानीय बासिन्दाको जिविकोपार्जनमा सहज होस भन्ने उद्देश्यका साथ सिचाई ट्यांकी निर्माण गरिएको हो । उनले भनिन् करिव ३ सय रोपनी खेती योग्य जमिनलाई सिचाई गर्न ५५ हजार लिटर क्षमताको सिचाई ट्यांकी निर्माण भएको छ ।
तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाका अनुसार वल्र्डभिजन÷किर्डाक नेपाल जस्ता गैरसरकारी संस्थाले स्थानीय सरकारसँग समन्वय र सहकार्यमा काम गर्दा सहज भएको छ । जसले गर्दा बाढीले क्षतिग्रस्त सिचाई ट्यांकी पुनःनिर्माण गर्न सहज भएको छ । कृषकलाई राहत पुगेको छ ।

यस्तै उनले भनिन् वल्र्डभिजन÷किर्डाक नेपाल, जुम्लाले जलवायुमैत्री कृषि पाठशाला, बाल अधिकार तथा विद्यालय सहयोग र सीप विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । यही वडाको घोडेसिम गाउँमा धान कुट्ने मिल उपलव्ध भएकोले अहिले स्थानीय बासीलाई निकै सहज भएको छ । जसले गर्दा महिलाको कार्यबोध घटाउने काम भएको छ । स्थानीय बासीले गाउँमै मिलबाट धान कुटेर खाने गरेका छन् ।




