डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाजको दुर्घटना

जुम्ला । कर्णाली प्रदेशको डोल्पा जिल्ला स्थित जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटनामा भएको छ । बिहीबार बिहान ८ः२५ बजे अवतरण  गर्नेक्रममा जहाजको एउटा पाङ्ग्रा खुस्किएर दुर्घटना भएको हो ।

नेपालगन्जबाट उडान गरी डोल्पा पुगेको सिता एयरको दायाँ तर्फको पाँग्रा फुस्कीएको थियो । डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रामदत्त चौलागाईले नेपालगञ्जबाट डोल्पा गएको सीता एयरको जहाज दुर्घटनामा परेको बताए । उनले भने,‘नेपालगञ्जबाट आएको जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पाङ्ग्रा खुस्किएको हो । जहाजमा सामान्य क्षति भएपनि सबै यात्रु सकुशल रहेका छन् ।’

उहाँका अनुसार जहाजमा १३ जना यात्रु थिए । पुरुष ११ जना थिए । यात्रुमध्ये ७ जना विदेशी हुन् । अहिले प्राविधिकहरूले जहाजको जाँच गरिरहेको सहाय प्रजिअ चौलागाईले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस