तातोपानीको विपद् बैठक: विपद् पूर्वतयारीका ६ वटा निर्णय 

जुम्ला । तातोपानी गाउँपालिकाको पालिका स्तरीय विपद व्यवस्थापन समितिले विपद पूर्वतयारी मजबुद र प्रभावकारी बनाउने निर्णय गरेको छ । शुक्रबारदेखि देशभर हुने भारी वर्षा र त्यसपछि हुने विपदका सवालमा राहत उद्वार र पुर्नस्थापनालाई प्रभावकारी बनाउन तातोपानीको पालिका स्तरीय विपद व्यवस्थापन समितिको बैठकले ६ वटा निर्णय गरेको छ । 

समुदाय, विधालय, सरकारी कार्यालय लगायतका स्थानमा विशेष सर्तकता अपनाउने, यात्रा गर्दा विशेष सावधानी अपनाउने, वडादेखि पालिकाको विपद व्यवस्थापन समितिका पदाधिकारी तैथान रहने, डोजर, जनशक्ति तयारी अबस्था राख्ने, ईन्धनको मौज्दात राख्ने, खाधन्न सामाग्रीको मौज्दात राख्ने लगायतका ६ वटा निर्णय गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द् प्रसाद चौलागाँईले बताए ।

´भारी वर्षाको सम्भावना रहेको र त्यसले निम्त्याउन सक्ने विपदलाई मध्यनजर गरी पूर्वतयारीमा जुटेछौ` अध्यक्ष चौलागाँईले भने,´वर्षाले निम्त्याउन सक्ने विपद र त्यसले हुन सक्ने जनधनको क्षति रोक्न, समयमै राहत उद्वार गर्न सकियोस् भन्नबा लागि सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेका छौ । नागरिकलाई सचेत रहन पनि आग्रह गरिसकेका छौ ।`

साथै पूर्व सूचना प्रणालीलाई समेत प्रभावकारी बनाउने, मिडिया मार्फत प्रचार प्रशार तथा सचेतनालाई जोड दिने निर्णय गरिएको छ ।

यी हुन तातोपानीका विपद व्यवस्थापन समितिको बैठकका निर्णय

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस