तातोपानीका १२४ अति विपन्न बालबालिकालाई न्यानो कपडा वितरण हुँदै 

जुम्ला ।  तातोपानी गाउँपालिकाका अति विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिने भएको छ । पालिकाका संरक्षणको आबश्यकता भएका, विभिन्न हिसाबले जोखिममा रहेका तथा आर्थिक रुपमा अति विपन्न १२४ जना बालबालिकालाई कपडा न्यानो कपडा वितरण गरिने भएको हो । 

जस अन्तर्गत पहिलो दिन बुधबार २२ जना बालबालिकालाई वितरण गरिएको छ । तातोपानी-३ का २२ बालबालिकालाइ वडाध्यक्ष गोर्कण रावलको उपस्थितीमा न्यानो कपडा वितरण गरिएको छ । 

विपन्न बालबालिकालाई राहत हुने गरी बढ्दै गएको चिसो समेत लक्षित गरेर न्यानो कपडा वितरण गरिएको सहयात्रा तेस्रो परियोजनाका परियोजना संयोजक प्रकाश शाहीले बताए । 

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा किर्डाक नेपालद्वारा संचालित सहयात्रा तेस्रो परियोजनाको सहयोगमा, तातोपानी गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको समन्वयमा पालिकाका वडा नं. १ देखि ८ सम्मका १२४ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिने कार्यक्रम छ । 

जस अन्तर्गत बुधबार वडा नं. ३ का २२ जना अति विपन्न तथा संरक्षणको आवश्यकता भएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । सबै वडाका बालबालिकाको समय अनुकुल पारेर कपडा वितरण गरिने छ । 

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस