जुम्ला । हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले लेखेको ´आधा अध्याय` पुस्तक सार्वजनिक हुने भएको छ । अध्यक्ष शाहीले नेपाली काँग्रेसको १५औँ महाधिवेशनको अवसर पारेर आफ्नो नयाँ पुस्तक ´आधा अध्याय` सार्वजनिक गर्ने घोषणा गरेका छन।
´विगत चार वर्षदेखि लेख्दै आएको उक्त पुस्तकले पूर्णता पाएको छ`उनले भने,´काँग्रेस महाधिवेशनको अबसरमा यो पुस्तक विमोचनको तयारीमा छौ । महाधिवेशन सकिए लगत्तै बिमोचन गरेर पुस्तक बजारमा ल्याइने तयारी छ । महाधिवेशनको अबसरमा यो घोषणा गर्न पाउँदा खुसी छु।`
आफ्नो राजनीतिक जीवनका भोगाइ र संघर्ष, सफलता र अनुभवहरू संगालिएको पुस्तक आम पाठकहरु माझ उपहारका रुपमा पुस्तक सार्वजनिक हुन लागेकाले सबै पाठक तथा शुभचिन्तकहरूलाई प्रतीक्षा गर्न आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०८३ असोज १८ गते आइतवार




