जुम्लामा दशौँ राष्ट्रिय खेलकुदका लागि छनोट प्रतियोगिता सुरु

जुम्ला । दशौँ राष्ट्यि खेलकुद प्रतियोगिता अन्तरर्गत जम्ला जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ । कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्यि खेलकुद प्रतियोगिताका लागि जुम्लामा मंगलबारदेखी खेलाडी छनोट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको कर्णाली प्रदेश सभाका उपसभामुख यसोधा न्यौपानले उद्घाटन गरेकी छन् । आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लाबाट अब्बल खेलाडी पठाउन छनोट प्रतियोगिता सुरु गरिएको खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख कविदत्त न्यौपानेले बताए ।

छनोट प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, बुद्धिचाल, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, उसु, बास्केटबल, फुटबल, कबड्डी, भलिबल र ह्यान्डबल लगायतका विद्यामा महिला तथा पुरुष खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकासका प्रमुख न्यौपानेले जानकारी दिए ।

कर्णाली प्रदेशका उपसभामुख यसोधा न्यौपानेले जुम्ला कृषि, पर्यटन, खष भाषाको उद्गम स्थलका रुपमा मात्र नभई खेल क्षेत्रको उर्वभर भूमिका रुपमा पनि चिनिएको बताईन् । विश्वकिर्तीमानी धावक हरि बहादुर रोकाया जस्ता खेलाडी जन्माएको जुम्लामा सुनमाया, विश्वरुपा, राममाया जस्ता सयौ धावक जन्माउने सम्भावना बोकेको जुम्लाले दशौँ राष्ट्यि खेलकुद प्रतियोगितामा आफ्नो सामाथ्र्य देखाउने उल्लेख गरिन् । पूर्वागह्र रहित वाताबरण उत्कृष्ट खेलाडी छनोट गर्न सुझाव दिईन् ।

सबै विद्याका उत्कृष्ट खेलाडी नछुट्ने गरी छनोट प्रतियोगितालाई पारदर्शी र निस्पक्ष गर्न कर्णाली प्रदेश खेल विकास परिषदका बोर्ड सदस्य पंख बहादुर शाहीले आग्रह । ‘खेल क्षेत्रमा लगानी गर्नु भनेको स्वास्थ्य क्षेत्रमा लगानी गर्नु हो’,उनले भने,‘जुम्लाबाट छनोट भएका खेलाडीले सुर्खेतमा उत्कष्ट प्रर्दशन गर्ने हाम्रो विश्वास छ । हरि बहादुर रोकायाले खेल क्षेत्रमा राखेको पहिचान जोगाउन पनि जुम्लाका खेलाडीले मेहनत गर्नुपर्नेमा जोड दिए ।

छनोट प्रतियोगिताले खेल क्षेत्रमा नयाँ पुस्तालाई प्रेरणा मिल्ने र केही सर्ने संकल्प पलाउने भएकाले छनोट पारदर्शी जरुरी हरेको उल्लेख गरे । जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले जुम्लामा समग्र देशलाई भाषा साहित्य संगै खेल क्षेत्रका निकै मेहनती मेधावी खेलाडी दिने सम्भवाना रहेको बताए । खेल क्षेत्रको प्रर्बद्धनमा तीनै तहका सरकार अपेक्षाकत सहयोगको अभावले खेल क्षेत्रले अझै फड्को मार्न नसकेका उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले खेल क्षेत्रको महत्व खेलाडीले जति अरूले बुझ्न नसक्ने बताए । खेलाडीले आफ्नो प्रतिभा र मेहनत मार्फत जिल्ला, प्रदेश र देशको नाम उच्च बनाउने भएकाले जुम्लाबाट हरेक विधामा उत्कृष्ट, योग्य र दक्ष खेलाडी छनोट गर्नुपर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस