जुम्ला । दशौं राष्टि्य खेलकुद प्रतियोगिताका लागि जुम्लामा आयोजित प्रदेश स्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ ।
हुम्ला र डोल्पा बाहेक ८ जिल्लाबाट सहभागीता रहेको प्रदेश स्तरीय छनोट प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।
तीन दिनसम्म संचाला भएको छनोट प्रतियोगिताबाट कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी दशौँ राष्टि्य खेलकुद प्रतियोगिताका लागि छनोट भएको खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले बताए ।
उनका अनुसार प्रतियोगिताबाट प्रथम, द्वित्तिय र तृत्तिय भएका खेलाडीलाई मेडल, प्रमाणपत्र प्रदान गरिएको छ ।
जुम्ला, कालिकोट,मुगु, दैलेख,सुर्खेत, जाजरकोट, सल्यान र रुकुम पश्चिमबाट कुल ९३ जना खेलाडी भएका थिए । जसमा विभिन्न केजी तर्फ प्रतिस्प्रर्धा गराउँदा २१ जना प्रथम हुँदै राष्टि्य खेलकुदमा छनोट भएका हुन्।
जसमा पुरुष तर्फ रुकुम पश्चिमका लाल बहादुर परियार, रुकुम पश्चिमकै कमल खड्का, कालिकोटका विरज बम, सुर्खेतका जीवन सार्की, सल्यानमा योगेन्द्र शाह, सल्यानकै लिलधर नेपाली, रुकुम पश्चिमका खड्क विक, जुम्लाका नरेन्द्र रावत र रुकुम पश्चिमका रमेश गुरुङ छनोट भएका हुन् ।
त्यस्तै महिला तर्फ जुम्लाकी निशा बुढा, सुर्खेतकी दिप्ती नेपाली, जुम्लाकी सरला खत्री, सुर्खेतकी देविसरा सुनार, जुम्लाकी ज्ञानिता कुलाल, सुर्खेतकी बिविका बस्नेत, पुजा गाहा, मोनिमा दर्लामी र पुजा खत्री लगायत पुम्से महिला पुरुष तर्फका लागि महिला पुरुष २१ जना खेलाडी राष्टि्य खेलका लागि छनोट भएका छन् ।

छनोट भएका खेलाडीलाई दशै लगत्तै प्रदेश सरकारले बन्द प्रशिक्षणमा सहभागी गराउने छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आर्चायले उत्कष्ट २१ जना तेक्वान्दो खेलाडीले दशौँ राष्टि्यमा प्रदेशको नाम राख्ने गरी खेल प्रर्दशन गर्ने विश्वास व्यक्त गरे ।
खेलकुद विकास समितिको कार्यालय जुम्लाका प्रमुख कविदत्त न्यौपानेले सिमित स्रोत साधनका बीच सबैको साथ सहयोगले जुम्लामा प्रदेश स्तरीय छनोट प्रतियोगिता भव्य रुपमा सफल भएकोमा धन्यबाद दिए ।
छनोट प्रतियोगितामा कर्णाली प्रदेश तेक्वान्दो संघ अन्तराष्टि्य रेफ्री, भीमलाल विक, कर्णाली प्रदेशका अध्यक्ष, कोषाध्यक्ष,सदस्य, प्रदेशका प्रशिक्षक लगायतको सहभागिता रहेको थियो ।




