जुम्ला ः नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कर्णाली प्रदेशका अध्यक्ष देवेश्व गिरीले संगठनले कारवाही गरेका व्यक्तिहरु बाहिरिएकाले यसबाट भ्रमित नहुन अपिल गरेका छन् । उनले भने ट्रेड युनियन आन्दोलनलाई अर्थवादी भाषमा फसाउने, संगठनमा प्राप्त गरेको पदलाई मालदार भनिएका अड्डामा पदस्थापना मिलाउने र संगठनको विधि पद्दति आचरण बिरुद्दको गतिविधिमा संलग्न व्यक्ति पाखा लागेका हुन् ।
नेराकसको फलानो पदको व्यक्ति हुँ भन्दै अर्थवादी चिन्तन भएका यथास्थितिवादी एवं प्रतिगमनको मतियार संगठन नेपाल निजामति संगठनमा प्रवेश गरेको उनले बताए । यो एउटा भगौडापना, पदलोलुपता, संगठन र आम कार्यकर्ता पङती प्रतिको वेईमानीको पराकाष्ठा हो ।
संगठनको नेतृत्व र यसको कार्यशैलीलाई प्रतिगमनकारी, अराजक गुटवादी चिन्तनमा फसेको झुण्ड भन्दै विद्रोहको शंखघोष गरिएको अध्यक्ष गिरीले बताए ।
नेपालको ट्रेड युनियन आन्दोलनलाई अग्रगमनमा लैजाने र सम्पुर्ण पेशाकर्मीको हकहित संरक्षण गर्नु पर्ने यस संघर्षपुर्ण घडिमा संघर्षको मैदानवाट पुच्छर लुकाएर प्रतिगमनको मतियार संगठनमा प्रवेश गरेका हुन् ।
कारवाहीमा परी संगठनवाट साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएका, फौज्दारी अभियोगमा परि सेवा तथा संगठनवाट निलम्वनमा रहेका, सेवा निवृत भईसकेका र केही पदलोलुप्त व्यक्ति पाखा लागेका हुन् ।
आत्माकेन्द्रित चरम निम्न पुजीवादी व्यक्तिवादी चिन्तन भएका मानिसहरु भेला पारी भ्रम सृजना गर्न खोजिएको तथ्य समेत सरोकारवाला सम्पुर्ण संगठक शुभचिन्त प्रति अपिल गरिएको उनले बताए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कर्मचारीको पेशागत हकहित प्रति प्रतिवद्द पेशागत आन्दोलनको पर्यावाची नाम समेत भएको हुदा यस्ता बजारिया हल्लावाट अविचलित भई पेशागत अधिकार र सेवा सुविधाका सवालमा सशक्त आवाज वुलन्द गर्नुको विकल्प नरहेको अध्यक्ष गिरीको भनाई छ ।



