सागर परियार जुम्ला । उधोग वाणिज्य महासंघको कृषि समितिमकाे सदस्यमा कृषि विज्ञ जुम्लाका राज शाही मनोनित भएका छन् । कृषि समिति सभापति अजयराज सुमार्गीले शाहीलाइ विज्ञ कृषि सदस्यका रुपमा मनोनित गरेका हुने।
महासंगअन्र्तगतको कृषि समितिले कृषिका विभिन्न प्रोजेक्टहरु संचालन गर्दै आएको छ। त्यस समितिमा कृषि बुझेका वा कृषिज्ञको संख्या न्यून हुदा ठोस उपलब्धी हुन नसकेको अवस्थामा जुम्लाका राज शाही जस्ता कृषि विज्ञलाई सदस्यकाे रुपमा राखी काम गर्दा अपेक्षित उपलब्धी हासिल हुने महासंघकाे अपेक्षा छ ।
कृषि समितिमा नियुक्त शाहीले आफ्नाे दक्षता,अनुभवका आधारमा महासंघकाे कृषि समितिलाई गति दिन निरन्तर लागि पर्ने बताए ।
जुम्ला अर्गानिक्स एण्ड कर्णाली सुपरफाष्ट कम्पन्नीका संचालक समेत रहेका शाही विगत देखिनै कृषि क्षेत्रकाे विकास,किसानकाे सम्मान तथा प्राेत्साहनका विषयमा वकालत गर्दै आएका थिए ।
महासंघकाे कृषि समितिमा मनाेनित भएपछि शाहीले कर्णालीकाे कृषि क्षेत्रकाे विकासका लागि थप उल्लेखीय काम गर्ने आशा गरिएकाे छ ।



