जुम्ला । भारी हिमपातका कारण अत्यधिक चिसोले जुम्लामा दुई जनाको मृत्यु भएको छ । पाटनमा सेतो चिनी (खिरौला) कोर्न गएका तातोपानी गाउँपालिका तातोपानी ८ की महिला वर्ष ३७ की देवि शाही र तातोपानी ७ बारगाउँका वर्ष ४६ का मुन रावतको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताउनुभयो । ।
त्यस्तै खिरौला कोर्न गएका झण्डै ५५ जना नागरिक बाक्लो हिउँ जमेका कारण पाटनमै रोकिएका छन् । भारी हिमपातकै बीच घर आउन खोज्दा अत्यधिक चिसोले दुई जनाको मृत्यु भएको र अनुमानि ५५ जना नागरिक पाटनमै रोकिएको खबर प्राप्त भएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले जानकारी दिनुभयो ।
झण्डै ५५ जना नागरिक भारी हिमपातले बाटो खुलेपछि पाटनमै रोकिएको भन्ने खबर आएको छ । प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले भन्नुभयो,“हिमपातले घर फर्किन नसेर रोकिएका नागरिक तातोपानी ८ को गाग्रे एडि ओडार आसपास सकुशल रहेका छन् भन्ने प्रारम्भीक खबर आएको छ । भने,उनिहरुलाई तत्काल खाद्यन्न अभाव भएको भन्ने छ । हेलिकप्टर मार्फत चाडै उद्दार गर्ने पहल भइरहको छ ।” पालिकाले पनि उहिरुलाई खाद्यन्न राहत उपलब्ध गराउने तयारी गरेको छ ।
यता सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले हिमपातरमा फसेर पाटनमै रोकिएका ५५ जनाको उद्दारका लागि तयारी भइहेको बताउनुभयो । उहाँले भन्नुभयो,“उद्दारका लागि पहल भइरहेको छ । विपद व्यवस्थापन समितिको बैठक पनि बस्दै छौ । नागरिकहरु भएको एकिन ठाउँ कहाँ हो भन्ने बारे पत्ता लगाएर चाडै उद्दारमा खटिने तयारी छ ।”
घटनाको प्रारम्भीक जानकारी मात्र आएको र राहत उद्दारका लागि सरोकारवाला जुटिरहेकोले घटनाको थप विवरण आउन बाँकी रहेके छ ।



