भौतिक पूर्वाधार मन्त्री रोकाया योजना अनुगमनको क्रममा गृह जिल्लामा

जुम्ला : कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाया चैत दोस्रो सातादेखि प्रादेशिक योजना अनुगमन गर्नका लागि कालिकाकोट र जुम्ला जिल्लामा पुगेका छन् । मन्त्रालयमार्फत जिल्ला कार्यालयमार्फत कार्यान्वयनमा रहेका भौतिक पूर्वाधार र सहरी विकाससम्वन्धीका लागि योजना अनुगमन गर्न कालिकोट र जुम्ला पुगेका हुन् ।
२÷३ देखि जुम्लाको सिंजा भेगमा पर्ने हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका छन् । तिनै पालिकामा सञ्चालनमा रहेका विकास निर्माणका लागि अनुगमन गर्ने क्रम जारी रहेको मन्त्री रोकाया निजि सचिव अमर रोकायाले बताए ।
आवश्यकता नुसार सडक, पुल, भवन र अन्य योजना उपलव्ध गराएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री रोकायाले बताए । उनले भने कर्णाली राजमार्ग अन्र्तगत नाग्म गमगढी सडक खण्ड पीच गर्नका लागि १ अर्व २० करोड बजेट व्यवस्थापन भएको छ । नाग्मदेखि गोठीजूलासम्म एक वर्षमा सडक पीच हुने भएको छ ।
यस्तै सिंजा भेग उज्यालो गर्नका लागि राष्ट्यि प्रसारण लाइन जडान गर्नुका साथै साना लद्यु जलविद्युत आयोजनाको निर्माण कार्य पनि थालनी गरिने उनले बताए ।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री रोकाया जुम्लाको सिँजा भेगमा पर्ने कनकासुन्दरी गाउँपालिका– ७, रोकायाबाडामा २०१० मा जन्मेका हुन् । मन्त्री भएको पहिलो पटक गृह जिल्लामा पुगेपछि भव्य स्वागत पनि जनस्तरबाट गरिएको छ । मन्त्री रोकाया एक सक्रिय राजनीतिकर्मी हुन् । उनी नेकपा एकीकृत समाजवादीबाट मन्त्रीमा नियुक्त भएका हुन् । ०३६ सालमा रोकायाले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट राजनीतिक यात्रा सुरु गरेका थिए ।
०३८ सालमा गाउँ पञ्चायतमा युवा संगठनको सभापति बनेका रोकाया ०४४ को पञ्चायत चुनावमा पञ्चायतको विरुद्धमा उम्मेदवार भई उपप्रधानमा निर्वाचित भए । ०४७ मा नेकपा मालेको सदस्य बनेका रोकाया ०४७ मै नेकपा एमाले जिल्ला कमिटी सदस्य बने । एमाले जिल्ला कमिटीमा लगातार सचिवालय सदस्य हुँदै ०६५ मा पार्टी जिल्ला उपाध्यक्ष बने ।
रोकाया ०६४ मा एमालेको तर्फबाट तत्कालीन जिविस बोर्ड सदस्यसमेत बनेका थिए । ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उनी समानुपातिक उम्मेदवारको बन्द सूचीमा अटाएका थिए । रोकाया दोस्रो संविधानसभा निर्वाचन ०७० मा पनि उम्मेदवार बनेका थिए । त्यसवेला उनी कांग्रेसका ललितजंग शाहीसँग पराजित भएका थिए ।
०७४ सालको जुम्ला जिल्ला क्षेत्र नं. ख बाट प्रत्यक्ष उम्मेदवार भई नेपाली कांग्रेसका भीमनिधि हमाललाई दोब्बर मतले हराउँदै रोकाया विजयी भएका थिए । हाल कर्णाली प्रदेश सभा सदस्यसमेत रहेका रोकाया नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।

 

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस