जुम्ला विमानस्थलमा टिकट प्रणाली : नागरिकलाई ११ सिट वाहिरबाट बाड्न शुरु

जुम्ला । जुम्ला बिमानस्थलमा नयाँ टिकट प्रणाली शुरु गरिएको छ । नागरिक उड्डयन प्राधिकरण, नागरिक समाज, स्थानीय जनप्रतिनिधि, एयरलाईन्सका प्रतिनिधिहरु, स्थानीय अगुवा यूवा बसेर ११ टिकट वाहिर बाड्ने सहमति अनुसार कार्यान्वयन गरिएको हो ।यतिवेला कर्णाली राजमार्ग वन्द भएको समयमा विमानस्थलमा भिड बढेको र टिकट प्रणाली व्यवस्थापन गर्न कठिन भएको समयमा पहिलो चरणमा विमानस्थलमा पुगेका नागरिकलाई लाईन लगाएर ११ टिकटको दरले सात वटा उडानको रकम समेत उठाईएको छ ।

नागरिक समाजका जुम्ला अध्यक्ष राजबहादुर महतका अनुसार टिकट नागरिकले वाहिर नपाउने चर्को आलोचना पछि सहमति गरेर अव देखी ११ टिकट नागरिकलाई लाईन लगाएर शुरु गरिएको छ । अन्य २ वटा विरामी, २ वटा सरकारी सिट तथा विदेशी पर्यटकलाई प्रथामिकता दिनेगरी एयरलाईन्स एजेन्टहरु पनि सहमत भएको हो ।

सोही अनुसार ७७ जना लाईनमा लागेका नागरिकलाई पहिलो चरणमा ११ जनाका दरले टिकट सुनिश्चित गर्न रकम उठाई सम्वन्धित निकायलाई बुझाईएको छ । विमानस्थलमा लाईन लागेका नागरिकको लिष्ट अनुसार प्रथामिकताको आधारमा ७ वटा फ्लाईटका लागि नागरिकको नामलिष्ट गरिएको छ ।

अन्य २ जनाा विरामी, दुई सरकारी सिट अन्य ईमरजन्सी एयरलाईन्सले आफै कार्यान्वयन गर्ने भएको छ । विमानस्थलमा अघिल्लो चरणमा परिक्षा दिने विद्यार्थी, लोकसेवा, विदेश जाने नगारिकलाई पठाई सकिएपछि वाँकी विद्यार्थी, कर्मचारी र अन्य नागरिकका लागि वाहिरै लाईन लगाएर टिकट दिने काम शुरु भएको हो ।

टिकटमा पहुँचवालाको हाली मुहाली हुनेभयो भन्दै विद्यार्थीले आन्दोलन गरेपछि, व्यवस्थापन गर्न नसकिएपछि स्थानीय प्रशासनले समेत नागरिक समाजलाई अगुवाई गर्न अनुरोध गरेको थियो ।

पत्रकार महासंघको प्रत्यक्ष निगरानीमा चन्दननाथ नगरपालिकाका नगरप्रमाुख राजुसिंह कठायत, नागरिक समाज अध्यक्ष राजबहादुर महत सहित अगुवाहरुको उपस्थितिमा लाईनलाई प्रथामिकता दिने व्यवस्था शुरु गरिएको छ ।

विमानस्थलमा १५६ जना पुरुष र ८८ जना महिलको लाईन लागेर लिष्ट तयार गरिएको नागरिक उड्डयन प्राधित्रकरणले बताएको छ । सो अनुसार सात वटा फ्लाईटमा ७७ जना नागरिक उड्न पाउने सुनिश्चित भएको छ । ति लिष्ट अनुसार जुन जहाज पहिला आयो लिष्ट अनुसार उड्न पाउनेछन् ।

यो पद्धति लामो समय सम्म कार्यान्वयन गर्नुपर्ने स्थानीय यूवाहरुको पनि जोड छ, स्थानीय यूवा गणेश मल्लका अनुसार नागरिकले लाईन लागेर ११ टिकट लिएको ईतिहास कायम भ्एको र यसलाई कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।

केही दिन अघि स्थानीय प्रशासनमा लाईन लागेर २०६ जनाको लिष्ट तयार भएकोमा सो लिष्ट लिष्टका धेरै विद्यार्थी, विरामी उडेपनि कार्यान्वयन हुन सकेको छैन । अव भने सोही प्रणाली अनुसार कार्यान्वयन गर्ने हो भने जहाँज बढाउन राजनैतिक दल सहित सवै निकायको सहयोग थप आवश्यक भएको छ ।

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस