
जुम्ला । नेपालीहरुको महान दोस्रो चाड दिपवाली (तिहार) सुरुभए संगै देउसी भैलो खेल्न थालिएको छ । शान्ति सुरक्षालाई मजबुद बनाउन जुम्लामा राती ८ बजे सम्म मात्रै देउसी भैलो खेल्न जिल्ला प्रशासन कार्यालय जुम्लाले अनुरोध गरेको छ ।
सोमबार सूचना जारी गर्दै प्रशासनले राती ८ बजेपछि देउसी भैलो लगायत कुनै पनि सांस्कृतिक कार्यक्रम नगर्न जिल्लाबासीमा अपिल गरेको छ । राती ८ बजेपछि देउसीभैलो नलेख्न,होहल्ला नगर्न,जाड रक्सी नखान,जुवा ताज नखेल्न,रंग मिसाएको खाद्य पर्दाथ नबेच्न र पट्का विष्फोटक पर्दाथ विक्री नगर्न आम उपभोक्ता,व्यापारी सर्वधारणलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताउनुभयो ।
सूचनाको अटेर गरी गतिविधि गर्ने जोसुकै व्यक्ति समुहलाई प्रचलित कानुन बमोजिम कारबाहि समेत गरिने भएको छ ।
साथै प्रशासनले दिपावलीको समयमा दियो,मैनबत्ती लगायत विद्युतीय उपकरणको प्रयोग गर्दा विपदजन्य घटना घट्न सक्ने भएकोले विशेष ख्याल पुराउन समेत अनुरोध गरिएको छ ।




