
आर्थिक वर्ष २०७६/७७ को भेरी नगरपालिकाले सडक निर्माणमा १५ लाख खर्च गरेको थियो। प्राविधिकको गलत स्टिमेट, उपभोक्ता समितिको लापरबाहीले बजेटअनुसार काम सम्पन्न नभएपछि करिब आठ लाख रुपियाँ फिर्ता भएको थियो।
नेपाल सहरी विकास तथा पूर्वाधार परियोजनाले चालू आर्थिक वर्षमा भेलहालेदेखि दरबारसम्म बाटो निर्माणका लागि २० लाख बजेटले निर्माण सडकको ढलान भत्काएर पुनः नाला निर्माण गर्न थालिएको छ। उक्त सडक निर्माण गर्न बालकृष्ण खनालको नेतृत्वममा निर्माण समिति गठन गरिएको थियो। प्राविधिकले नालाको स्टिमेट नगरेपछि वर्षायामको भेल पानी बाटोबाट बगेर सर्वसाधारणको घरआँगनमा गएर क्षति गर्न थालेपछि ढलान भत्काएर पुनः नाला बनाउन थालिएको छ।
प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार



