जुम्ला । पछिल्लो समय कर्णाली र सुदुरपश्चिम प्रदेशमा श्रृंखलाबद्ध रुपमा बढीरहेका जातिय विभेद तथा छुवाछुतका घटनाहरु बढी रहेका छन् । नेपालको संविधान लगायत विभिन्न ऐन कानुनले जातका आधारमा हुने कुनै पनि विभेदलाई दण्डीय मानेपनि व्यवहार सोच परिवर्तन नभएकै कारण अझै समाजमा जातिय विभेदका घटना बढी रहेका हुन् ।
हालसालै जुम्लामा दलित केटाले गैरदलित केटी भगाएकै निउँमा केटीपक्षले दलित केटाको घर आगोा लगाउनु,बझाङमा ब्राहमण समुदायको नजिक बस्न खोजेको भन्दै निर्माणधिन घर भत्काउनु,कैलालीमा कथित गैरदलितकी केटीसंग प्रेम गर्दा गाउँबाटै केटाकेटी भागेर भक्तपुर बस्नु र न्यायको याचना गर्नु जस्ता घटना बढी रहेका छन् ।
कर्णाली तथा सुदुर पश्चिममा श्रृंखलाबद्ध रुपमा बढी रहेका जातिय विभेद तथा छुवाछुतका घटनाका पिडितलाई सिघ्र न्याय र दोषीलाई दण्ड सजाय दिनुपर्ने जुम्ली यूवाले माग गरेका छन् ।
जुम्ला सहित कर्णाली र सुदुरपश्चिममा हालसालै घटेका जातीय विभेदका घटना प्रति सुक्ष्म अनुसन्धान तथा दोषी उपर कडा कारबाहि गर्न जुम्लाका यूवाले जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार लगायत अन्य निकायलाई ध्यानर्कषण पत्र बुझाएका छन् ।
यूवा धनराज सुनारको नेतृत्वमा आईतबार जिल्ला प्रशासन गएको टोलीले जातका आधारमा बढ्दै गरेका जघन्य अपराधलाई परिस्थिती जन्य मानेर फितलो बनाउने, घटनामाथि चरम राजनीति गर्ने विरुद्ध सचेत हुनुपर्ने भन्दै यस्ता घटनामा शिघ्र न्याय सम्पादनको माग गर्दै सरकारको ध्यानर्कषण गराइएको हो ।
यूवा धनराज सुनारले प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरीलेलाई ध्यानर्कषण पत्र हस्तान्तरण गरेका छन् । प्रजिअ घिमिरेले कानुनी रुपमा जघन्य अपराध मानेको जातीय विभेदलाई अन्त्य गर्न सोचसंगै व्यवहारमा परिर्वतन आउनुपर्ने बताउनुभयो । जातीय विभेदका घटनामा संलग्न दोषीमाथि कारबाहि हुनुपर्नेमा जोड दिनुभयो ।
हातहातमा प्लेकार्ट बोकेर जुम्लाका यूवाहरु जातिय विभेद तथा छुवाछुतका घटनाका विरुद्ध सडकमा मौन प्रर्दशन समेत गरेका छन् ।
जातका आधारमा हुने कुनै पनि घटनाको डटेर सबैले सामना गर्नुपर्नेमा जुम्ला बहुमुखी क्याम्पसका स्ववियु सभापति महेश हमालले बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा पनि जातिय विभेदका सवालाई पेचिलो बनाउन शसक्त आन्दोलन गर्न जररुी छ ।
ध्यानर्कषण पत्र हस्तान्तरण तथा प्लेकार्ट सहितको मौन प्रर्दशनमा दलित अगुवा मनसुर सुनार,कृष्ण विक,रामचन्द्र नेपाली,राम बहादुर नेपाली,यूवा नेता अनुप थापा,हरिष रोकाया,स्ववियु सचिव जयकृष्ण जैसी,महिला नृती सारदा पछाई लगायतको उपस्थिती रहेको थियो ।




