हिमाको बाजागाडमा खाद्य विक्री केन्द्र स्थापना

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड काठमाडौँको काम निकाय थप्ने, कर्मचारी नथप्ने

जुम्ला ः हिमा गाउँपालिका – ५ बाँजागाडमा खाद्य विक्री केन्द्र स्थापना भएको छ । सिंजा क्षेत्रमा खाद्य अनुदानको चामल विक्री वितरण गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड काठमाडौँले बाँजागाडमा विक्री केन्द्र स्थापना गरेको हो ।
निरन्तरको प्रयासपछि बाँजागाडमा खाद्य अनुदानको चामलको विक्री केन्द्र स्थापना भएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए । उनले भने विक्री केन्द्र स्थापनाको पत्र प्राप्त भएको छ । नेपालीको महान चाँड दशै तिहार अगाबै अनुदानको चामल विक्री वितरण गर्ने छौँ । यसले यहाँका नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ ।
यसअघि तातोपानी गाउँपालिका – ६ पातरसाँघु र पातारासी गाउँपालिका – ४ लुममा खाद्य अनुदानको चामल विक्री केन्द्र स्थापना भएका छन् । संघीयता अघिदेखि तिला गाउँपालिका – ८ जुम्लाकोट र सिंजा गाउँपालिका – १ धाँपामा खाद्य डिपो स्थापना भईसकेका थिए ।


डिपोमा एक हजार÷हजार कुन्टल र विक्री केन्द्रमा पाँच÷पाँच सय कुन्टल चामलको कोटा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा जुम्लाका प्रमुख निर्मल विष्टले बताए । उनले भने तीन वटा विक्री केन्द्र र धापा डिपोमा सुर्खेतबाट र जुम्लाकोट डिपोमा नेपालगज्जबाट चामल ढुवानी हुने छ । टेन्डर भईसकेको छ ।
जुम्लामा खाद्य अनुदानको चामल विक्री वितरण गर्ने डिपो, विक्री केन्द्र र शाखा छ । तर कर्मचारी भने न्यून छन् । स्थायी दरवन्दी एक जना कर्मचारीको थाप्लोमाथि दुई वटा डिपो, तीन वटा विक्री केन्द्र र एक वटा शाखा कार्यालय रहेको छ । दुई जना करार सहयोगी स्तरका कर्मचारी रहेका छन् । न्यून कर्मचारी भएकै कारण चामल विक्री वितरणमा समस्या हुने गरेको बताएको छ ।
डिपो र विक्री केन्द्रमा भने कर्मचारी छैनन् । चामल ढुवानी गर्ने ठेकेदारले नै सम्वन्धी स्थानमा चामल नपु¥याउने गरेको धेरै घटना छन् । जसका कारण सेवाग्राहीले समयमा चामल पाउने गरेका छैनन् ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस