??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
जुम्ला । विगतका तीन वर्षमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपालको अर्थतन्त्र उठ्नै नसक्ने गरी थलिएको छ । उद्योग कलकारखाना,आयात निर्यात सबै ठप्प हुनुका साथै लाखौको संख्यामा रोजगारी गुमेपछि अर्थतन्त्र नराम्ररी थलिएको हो । जसको प्रभाव अझै कायम छ ।
कोरोनापछि अर्थतन्त्रले अझै अझै लयमा फर्किएको छैन् । कोरोना पिडित व्यापारी उद्यमीलाई ब्याजमा अनुदान,राहत प्याकेज ल्याउने घोषणा गरेको सरकारले कुनै सहुलियत नदिँदा पलायन हुने स्थितीमा छन् । भने उद्योगी व्यवसायीलाई बैंक वित्तिय संस्थाको साँवा त परै जावस ब्याज तिर्नै मुस्किल भएको अबस्था छ । कोरोनापछि अधिकांश वित्तिय क्षेत्रले ऋण लगानी गर्न छोडेका छन् ।
असुली प्रक्रियामा चुनौती देखिएपछि आफु असुरक्षित भएर नयाँ ऋण प्रवाह गर्न बैंक वित्तिय संस्था तयार छैनन् ।
तर जुम्लामा राष्ट्यि बाणिज्य बैंकले भने यहाँको कृषि उत्पादन बृद्धि,व्यवासाय प्रर्बद्धन,उद्यमशीलता विकासका लागि करोडौ रुपैया ऋण लगानी गरेको छ । विभिन्न शिर्षक अन्तरर्गत बैंकले जुम्लाका व्यापारी,उद्यमी,व्यवसायीक कृर्षकलाई बैंकको नियमानुसार ऋण उपलब्ध गराएको हो ।
अन्य बैंक वित्तिय क्षेत्रहरुले ऋण प्रवाह विगत केहि वर्ष यता रोकेपनि राष्ट्यि बाणिज्य बैंकले उद्यमी,किसान व्यापारीका समस्या बुझ्दै ऋण प्रवाह गरिरहेको छ । यदपी,राष्ट्यि बाणिज्य बैंकले पनि चालु आर्थिक वर्षबाट भने ऋण लगानी तत्कालका लागि रोकेको जनाएको छ ।
६४ करोड ऋण लगानी,कुन क्षेत्रमा कति ?
राष्ट्यि बाणिज्य बैंक शाखा जुम्लाले जिल्लामा हाल सम्म विभिन्न प्रयोजनका लागि ६४ करोड ऋण लगानी गरेको पाइएको छ । चालु आवबाट ऋण लगानी रोकेको बैंकले गत वर्षको असार मसान्तसम्म गरी जुम्लामा ६४ करोड कर्जा प्रवाह गरेको पाइएको हो ।
बैंकले व्यापारी कर्जा,व्यवसायीक कृषि कर्जा,सरल पेशाकर्मी कर्जा,सुन कर्जा, गाडी कर्जा, विपन्न कर्जा,व्यक्तिगत कर्जा,राष्टसेवक कर्जा,शिक्षक कर्जा,महिला उद्यमशीलता कर्जा,घर कर्जा, लगायत करिब एक दर्जन शिर्षक मार्फत ऋण लगानी गरिरहेको छ ।
जसमा सबैभन्दा धेरै व्यापारीक कर्जामा लगानी भएको बैंकमा जुम्ला शाखा प्रबन्धक नवराज खनालले बताए । उनका अनुसार बैंकबाट हाल सम्म व्यापारीकर्जा शिर्षक अन्तरर्गत चालु र आवधिक गरी २८ करोड ९७ लाख ऋण लगानी भएको छ ।
भने,सरल पेशाकर्मी कर्जा (नेपाल प्रहरी र शसस्त्र प्रहरी) तर्फ १३ करोड,व्यवसायीक कृषि कर्जा अन्तरर्गत चालु कर्जातर्फ २ करोड २४ लाख र आवधिक कर्जा तर्फ १४ करोड ऋण लगानी गरिएको बैंकले जनाएको छ । त्यस्तै,विपन्न कर्जामा १४ लाख,सुन कर्जामा ४ करोड, गाडी कर्जामा २ करोड ५० लाख गरी विभिन्न शिर्षकबाट हाल सम्म बैंकले ६४ करोड ऋण लगानी गरेको शाखा प्रबन्धक खनालले कारोबारलाई जानकारी दिए ।
उनले भने,“व्यवसायीक कृषि कर्जाको १४ करोड मध्य १ करोड कर्णाली प्रदेश कृषि मन्त्रालय अन्तरर्गत किसानलाई ब्याजमा अनुदान दिने कार्यक्रम अन्तरर्गत ऋण लगानी भएको छ । जसको ब्याज सरकारले तिर्दै आएको छ । जुम्लाका १० जना किसानले सरकारको ब्याज अनुदानको १ करोड ऋण लिएका छन् ।”
कोरोनापछि अर्थतन्त्र थला परेकै कारण ऋण असुलीमा निकै समस्या आएको छ । रा.वा बैंकको गत असार मसान्तको खराब कर्जा मात्रै ७ प्रतिशत रहेको छ । पछिल्लो समय ऋण असुलीमा समस्या देखिएपछि लगानीमा समेत चुनौती देखिएको छ ।
अधिकांशले लिएको ऋण जुन प्रयोजनका लागि लिएका हुन त्यहि क्षेत्रमा नभई अन्य क्षेत्रमा खर्च गरेको समेत पाइएको छ । जसका कारण सम्झौता बमोजिम भनेकै समय ऋण चुक्ता नगर्ने,समयमै किस्ता तथा ब्याज नहाल्ने समस्या बढ्दै गएको छ ।
यसैबीच राष्ट्यि बाणिज्य बैंकले जुम्लामा बैकिङ विस्तारका लागि बेला बेला वित्तिय साक्षरता कार्यक्रम समेत गर्दै आएको छ । जसका कारण राष्ट्यि बाणिज्य बैंक प्रति नागरिकको आर्कषण समेत बढ्दो छ । भने हालसम्म राष्ट्यि बाणिज्य बैंक जुम्लामा ३५ हजार संख्यामा ग्राहक रहेका छन् ।



