बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका -४ मा एक जना हजुरआमालाइ करणी गरेर भागेका एक युवक नेपालगञ्जमा पक्राउ परेका छन् । जगन्नाथ गाउँपालिका-४ का २० वर्षीय दिलबहादुर बुढा बलात्कार आरोपमा पक्राउ परेका हुन । उनी करणी गरेर भागेका बुढा नेपालगञ्जबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाजुरा पुर्याई थुनामा राखि सकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
करणी गरेर भागेरको खबर पाएपछि जिल्ला प्रहरी कायालय बाजुराले सबै ठाउँमा खबर गर्दा करणी गर्ने बुढालाई खोज तलास गर्दा नेपालगञ्ज भेटीएको र नेपालगञ्ज प्रहरीको सहयोगमा पक्राउ गरि बाजुरा पुर्याई बुढालाई थुनामा पठाई सकिएको जिल्ला प्रहरी कार्यालय प्रमुख कबिन्द्र सिहं बोहराले जानकारी दिनुभयो ।
एक एकल महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ पेरका बुढाकि नातामा हजुरआमा पर्ने महिलालाई गत भदौ २२ गते राति सुतिरहेका बेला बलात्कार गरेको आरोपमा बुढा पक्राउ गरि बाजुरा पुर्याएको उनी जाँड खाएर एकल महिलाको घरमा पसेको दाबी समेत रहेको छ । उनकै घरका सदस्य समेत आएर आफूमाथि कुटपिट गरेको पनि पिडित महिलाले दावी गरेकी छन।
कुटपिटबाट आफू घाइते भएपछि ३ दिनपछि मात्रै होस आएको पिडित महिलाक कुटपिटबाट शरीरमा निलडाम समेत रहेको आरोपितलाई भने प्रहरीले पक्राउ गरेर थुनामा राखि सकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख बोहराले बताउनु भएको छ ।



