बजेटमा मेयर र उपमेयरले मनपरी गरेकाे वडाध्यक्षहरुकाे आराेप

मेयर-उपमेयर भन्छन्,"बजेट हामीसंग छैन्,वडाध्यक्षले मिथ्या हल्ला फिजाए"

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर र उपमेयर बजेटमा आफ्नै मनपरी एकाधिकार गरेकाे वडाध्यक्षहरुले आराेप लगाएका छन् । चालू आवकाे वार्षिक बजेटलाई आबश्यकता र मागका आधारमा विनियाेजन नगरी मेयर-उपमेयरले अधिकार गरेकाे चन्दननाथका चार जना वडाध्यक्षले आराेप लगाएका हुन् ।

केही समय अघि चन्दननाथकाे बजेट विनियाेजन नहुँदा स्वास्थ्य संस्थामा ओैषधी अभाव,कर्मचारीले तलब खान नपाएकाे,पहिलाे चाैमासिककाे उपलब्धी शून्य भएकाे र शाखाहरुमा बजेटनै विनियाेजन नभएकाे गुनासाे आएकाे थियाे । तर मेयर उपमेयर पुराना हाकिम काठमान्डाै गएर आउछु भन्दा भन्दै नआएपछि दुई महिनाकाे काम प्रभावित भएकाे बताएका थिए । भने सबै शाखा र वडामा बजेट विनियाेजन भईसकेकाे दाबी गरे ।

तर चन्दननाथका चार जना वडा अध्यक्षहरुले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट बाँडफाँडमा राजनीति हावी गराउन खाेजिएकाे पुरै बजेटमा एकाअधिकार लादेकाे आराेप लगाएका छन् ।

वडा नम्बर -५ का वडाध्यक्ष बिर्खबहादुर कार्की, ७ का गणेशबहादुर महत, ९ का भिमबहादुर रावत र १० नम्बर वडाध्यक्ष नवराज शाहीले संयुक्त अपिल सार्वजनिक गर्दै बजेट बाँडफाँट नगरी मेयर-उपमेयरले एकाधिकार लादेकाे र मनपरी रुपले वडामा बजेट पठाउन थालेको प्रति विरोध जनाएका हुन् ।

‘हामीलाई जम्मा १६ लाख विकास बजेट दिइएकाे छ। यो कनिका छरे जस्तो बजेटबाट वडाको विकास नभई वडावासीहरुबीच मनमुटाव हुने र जनप्रतितिको गरिमा घट्ने देखिन्छ ।

चन्दननाथ ५ का वडाध्यक्ष बिर्ख कार्कि भन्छन,”मेयर-उपमेयरले फेरि नगरपालिकालाई अनिर्णयकाे बन्दी बनाउन खाेज्दै छन् । बजेट सबैकाे सल्लाह सुझावका आधारमा बाँडफाँड हुनु पर्छ । तर हामी कार्यपालिका सदस्य पनि हुँ । कसैलाई नसाेधेर मनपरी रुपमा बजेट वितरण भएकाे छ ।” ‘सबै बजेट नगरमा राखेर वडालाई जम्मा १६ लाखमात्र पठाइएकाे छ। हाम्राे असहमति यसैमा हाे । हामी नगरपालिकाले गरेको अन्यायविरुद्ध चुप लागेर बस्दैनाैं । वडाध्यक्ष कार्कीका अनुसार बजेट निर्माण गर्दा मेयर-उपमेयरले कानुन संगत रुपमा जान इच्छा गरेका छैनन्। बहुमतकाे दम्भ देखाएका छन् ।

जनता संग प्रत्यक्ष ठाेकिएकाे वडा सरकार हाे ।शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन,खानेपानीका आबश्यकता धेरै छन् । तर मेयर-उपमेयरले मनपरी रुपमा १६ लाख पठाएका छन् । यसले वडाकाे आबश्यकता परिपुर्ति नहुने वडा नं ९ का वडाध्यक्ष भिम बहादुर रावतले बताए । उनका अनुसार मेयर उपमेयरले बजेटमा गरेकाे एकाधिकार ताेड्न हामी तयार छाै ।

मेयर-उपमेयरले बजेटमा पार्टी राजनीति मिसाउन खोज्नु भएको छ । चन्दननाथ-७ का वडाअध्य गणेश बहादुर महत भने,”पार्टीईतर पक्ष जनप्रतिनिधिको हकअधिकार कुण्ठित भएकाे छ। मेयर-उपमेयरकाे एकाधिकार हाबी भयाे । प्रजातन्त्रमा अल्पमतको कदर हुन्छ। तर अल्पमतको अस्तित्वलाई नकार्दै जबर्जस्ती आफूहरुको निर्णयमात्रै लाद्न खोज्नु निरंकुशता भएको हाम्रो ठहर छ । याे राम्राे हैन् ।”


कम स्रोत साधनका बाबजुद पनि अधिकतम जनताले लाभ लिने पाउने संयन्त्रको विकास गर्ने चुनाैती छ। जनताले दिएको मतले इमान्दारीपूर्वक काम गर्नुपर्ने जिम्मेवारी भएपनि तर मेयर-उपमेयरले जनताकाे काम गर्न नचाहेकाले वडाबासी प्रष्ट हुन वडाध्यक्षहरुले अपिल गरेका छन् ।

बजेटबारे मिथ्या हल्ला फिजाईयाे: मेयर-उपमेयर
चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले चन्दननाथकाे बजेटबारे कर्मचारीदेखि वडाध्यक्षहरुले मिथ्या हैला फिजाएकाे बताए ।

हामीले कुन शिर्षककाे कति बजेट कसरी कहाँ कब्जा गरेका छाैं ? आराेपका लागि आराेप लगाएर अपिल सार्वजनिक गरेर जनता भ्रमित पार्ने काम भयाे । उनले भने,”आराेप लगाउनु अगाडि याे कुरा पुष्टि गर्न सक्नुपर्छ। नगर सभाका ५२ जना सदस्यमा ४८ जनाले बजेट बाँडफाँडमा सहमति जनाएका छन्।

कार्यपालिकाका १६ जना सदस्य बजेट बाडँफाँड स्पष्ट छन । उनीहरुलाई साेधे हुन्छ, हामीले बजेट कसरी कब्जा गर्याै । हामीले नभई वडाध्यक्षले नगरमा राजनीति घुसाउन खाेजेका छन् । याे सरासर झुटाे आराेप हाे ।”

वडाध्यक्षहरुनै वडाकाे विकास बाधक बन्न खाेजेकाे मेयर कठायतकाे आराेप छ । नगरपालिकाका सबै वडाका बासिन्दा नगरका भएकाले सबै क्षेत्रकाे विकास गर्नु मेयर, उपमेयरकाे दायित्व भएकाे उपमेयर रामदेवि खड्काले बताइन्।

उनले भनिन,”बजेट कब्जा गर्नु पर्ने,अथवा एकाअधिकार गर्नु पर्ने कारण के छ ? मिथ्या हल्ला फिजाएर जनतलाई भ्रमित पार्ने काम राम्राे हैन् । विषयगत शाखामा बजेट पढाइसकेपछि बाँक २ कराेड ४५ लाख बजेटलाई सबै वडामा बाँडफाँड गर्दा १६ लाख मात्रै परेकाे हाे । विकास र प्रशासनिक गरेर यश वर्ष हरेक वडामा ३३ लाख पठाएका छाैं। अघिल्लो वर्ष ६० लाख पठाएका थियाैं। याे वर्ष बजेट नै कम आयाे। हाम्राे नाममा कुनै बजेट छैन। ८५ लाख बजेट अहिले पनि डल्लो राखिएकाे छ। त्याे बजेट अन्तिममा सबै वडामा जाने हाे । अनि कहा भयाे एकाधिकार ?”

जग्गा खरिद देखि अनेक बहानामा मेयर र उपमेयरले बजेट कब्जा गरेर वडाका विकास तथा वडाबासीकाे समृद्धिकाे चाहनालाई कुठाराघात गर्न खाेजेकाे भनी लगाएकाे आराेपमा नगर प्रमुख उपप्रमुखले दमकल, एम्बुलेन्स, गाडी लगायतका साधनहरु राख्नलाई पार्किङ नभएकाले नगरकाे जग्गा खरिदकाे लागि एक कराेड २० लाख छुट्याइएकाे भनी जवाफ दिएका छन्।

बजार अव्यवस्थित भएकाे र बसपार्क संचालन गर्न समेत समस्या भएकाे हुँदा नगर प्रहरी भर्ना गर्न ७५ लाख बजेट छुट्याइएको उपमेयर खड्काले बताइन् ।

“नगरसभाका सदस्यहरुलाई हल्का टिप्पणी गरेर भत्तामा बिके भनी हल्क देखाउन खाेज्नु स्वभिमान माथि धावा बाेलिएकाे मेयर कठाएकाे टिप्पणी छ। हामीले सबैलाई बजेटकाे सिमितताकाे विषयमा बुझाएका छाैं। याे कुरा ती चार जना वडा अध्यक्षलाई पनि थाह छ। तर पनि बखेडा झिकि रहेका छन् ।” मेयर कठायतले भने ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस