एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

जुम्ला । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी भएका छन्। उनले कुल ६ सय नाै मत खसेकोमा तीन सय ६९ मत प्राप्त गरेर विजयी भएका हुन।

अध्यक्षका अर्का प्रत्यासी मीनबहादुर शाहीले जम्मा दुई सय सात मत पाएका छन्।

त्यस्तै उपाध्यक्षमा टेकराज पछाईको विजयी बनेका छन्। तीन सय ४२ मत प्राप्त गरि विजयी भएका छन् भने लालबहादुर महताराले एक सय ७६ मत प्राप्त गरे।

त्यस्तै सचिवमा ध्रुव बहादुर शाही विजयी भएका छन् भने उपसचिवमा रवीन्द्र बहादुर शर्मा र रमेश बहादुर शाही विजयी भएका छन्

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस