कनकासुन्दरीकाे सार्वजानिक सुनुवाई :  सेवा र विकासलाई चुस्त बनाउन नागरिककाे सुझाब

जुम्ला । जुम्लाकाे कनकासुन्दरी गाउँपालिकाकाे सार्वजानिक सुनुवाई सम्पन्न भएकाे छ । गत आर्थिक वर्ष २०७९/८० काे वार्षिक सार्वजानिक सुनुवाई आईतबार सम्पन्न भएकाे हाे । सार्वजानिक सुनुवाईमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर शाहीले पालिकाकाे वित्तिय तथा भाैतिक प्रगती प्रस्तुत गरे ।

भने पत्रकार महेश नेपालीले सेवा सर्वेक्षण सम्बन्धि ८ वटै वडाका विभिन्न बस्तीमा पुगेर तयार गरिएकाे नमुना नागरिक सर्वेक्षणकाे प्रतिबेदन सुनाए ।

प्रगती विवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत

८ वडाका ५० जना सार्वसाधरण हरुमा गरिएकाे नागरिक सर्वेक्षण प्रतिबेदन अनुसार सेवा लिन जाँदा कर्मचारीकाे व्यवहार प्रति ६२ प्रतिशत नागरिक असतुष्ट रहेकाे पाईएकाे छ । सबैभन्दा धेरै पालिकादेखि वडामा राखिएकाे नागरिकवडा पत्रबारे कनकासुन्दरीका ८० प्रतिशत नागरिकले थाहा नपाएकाे बताएका छन् ।

भने, गाउँपालिका र वडा पालिकाबाट कतिकाे सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा ८० प्रतिशत नागरिकले ठिकै रहेकाे बताउँदा १४ प्रतिशा नागरिक असन्तुष्ट छन् । साथै एकै कामका लागि ४० प्रतिशन नागरिकले दुई पटक भन्दा बढि समय कार्यालय धाउनु पर्ने बाध्यता रहेकाे बताएका छन् ।

प्रश्न राख्दै,स्थानीय महिला

याे प्रतिबेदनले कनकासुन्दरी गाउँपालिकाका कर्मचारीले सेवा प्रवाह गर्दा आफ्नाे स्वभावमा सुधार गर्नु पर्ने,नागरिकका आबश्यकतामा आधारित विकास गर्नु पर्ने पर्ने देखाएकाे छ ।

सार्वजानिक सुनुवाईमा पालिकाकाे समृद्दि,विकास,सेवा सुधारका लागि करिब २० जना बढिले प्रश्न जिज्ञासा साेधेका थिए । गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत देखि विषयगत शाखा प्रमुखले जवाफ दिएका दिए ।
गाउँपालिका अध्यक्ष दमाेदर आर्चायले समृद्द कनकासुन्दरीका खाँका काेर्न लागिएकाे बताए ।

उनले भने,”पहिलाे वर्ष सिक्दै बित्याे । पूर्वाधार विकास यहाँकाे आबश्यकता हाे । गाउँ वडा,भूगाेल,बस्ती जाेड्न पक्की पुल निर्माणमा जाेड दिईने छ । सेवा सुधारमा पनि हामी त्यतिकै जिम्मेवार भएर लाग्ने छाै ।”


गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढाले आन्तरिक आय बृद्दिमा वडादेखि गाउँपालिका जुट्नु पर्ने बताईन् । सिमित स्राेत र असिमित आबश्यकताले चुनाैती थपिएकाे छ ।  कुनै पूर्वाग्रह नराखी माग र आबश्यकता आधार विकास गरिनेमा जाेड दिईन् ।

कार्यक्रममा सबै वडाध्यक्ष,कार्यपालिका सदस्य,गाउँसभा सदस्य,यूवा,महिला,दलितकाे सहभागिता थियाे । भने सार्वजानिक सुनुवाई कार्यक्रमकाे सहजीकरण सिंजा मल्टी मिडिया प्रालीले गरेकाे हाे ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस