नेपाल भारतसँग २३ रनले पराजित

काठमाडाैं । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ।

२ सय ३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९रन जोड्यो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित ३२ र सन्दीप जोराले १२ बलमा ३ छक्कासहित २९ रन बनाए। कुशल भुर्तेलले २८, कुशल मल्ल २९ र आसिफ शेखले १० रन बनाए। कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके। सोमपाल कामी ७ र गुल्सन झा ६ रन बनाएर आउट भए।

भारतका लागि यशस्वी जैसवालले शतकीय पारी खेलेका थिए । उनी ४९ बलमा १०० रन बनाएर आउट भएका थिए । त्यसैगरी भारतका लागि कप्तान रुतुराज गायकवाडले २५ रन बनाए भने शिभम दुबेले अविजित २५ रन बनाए । त्यस्तै तिलक बर्माले २, जितेश शर्माले ५ र रिंकु सिंहले अविजित ३७ रन बनाएका थिए ।

त्यसैगरी नेपाल बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

योसँगै भारत सेमिफाइनलमा पुगेको छ भने नेपालको एशियन गेम्सको क्रिकेटमा यात्रा समाप्त भएको छ ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस