न बजेट न योजना,हचुवाकै भरमा अख्तियारमा उजुरी

तातोपानीमा कामै नभएका योजनाको पनि उजूरी,लाभ नपाए उजुरी दिने प्रबृत्ति बढ्यो

जुम्ला । संघियता कार्यान्वयनपछि स्थानीय तहमा आर्थिक अनियमितता बढेको गुनासो छ । सिंहदबारको अधिकार सिधै गाउँ गाउँमा आउँदा नियत विकासका नाममा भ्रष्टचार बढेको छ । सरकारी विकास भनेकै “ढुंगो अट्काउने पैसा लट्काउने” अर्थात काम गरेजस्तो गरी खाने भन्न गलत प्रबृत्तिको विकास भएको छ । गाउँमा आउने विकासका नाममा सबैभन्दा बढी अनियमितता गर्ने नै उपभोक्ता समिति छन् ।

यदपी,गाउँपालिकाका सबै जनप्रतिनिधि कर्मचारी दुधले नुहाएका छन् भन्न खोजिएको हैन् । तर पछिल्लो समय उपभोक्ता देखि आम नागरिकमा पालिकाबाट कुनै सुविधा पाए,अथवा योजना निर्माण समितिमा बस्न पाए ठिक नपाए सिधै अख्तियार धाउने गलत परिपाटीको विकास भएको छ । जसले गर्दा राम्रो गर्न खोज्दा खोज्दै पनि अख्तियार धाउनु पर्ने बाध्यता स्थानीयतहले भोगी रहेका छन् ।

आर्थिक अनियमितता गरेको, कानुन विपरित अनुचित लाभ लिएको तथ्य प्रमाण भएको खण्डमा अख्तियार उजुरी दिनु स्वभाविक हो । एक सचेत नागरिकले अनियमितताका विरुद्ध बोल्नु पनि पर्छ । तर जुम्लाको तातोपानीमा अहिले सम्मकै नमुना उजुरी अख्तियारमा परेको छ ।

जसको बजेटनै छैन्,योजनाको नाममनै छैन् । योजना निर्माणनै भएको छैन् । कार्यक्रम सञ्चालन भएकै छैन् । तर हचुवाका भरमा तीनै योजनामा अनियमितता भएको भन्दै अख्यितारमा उजुरी परेको पाइएको छ ।

न बजेट न योजना हचुवामा उजुरी
तातोपानी गाउँपालिका वडा नंंंं. ४ स्थित सडक बोर्डको १० लाख र पालिकाको ३ लाख गरी १३ लाखमा पालिकाले ग्रामिण सडक निर्माण गर्ने तयारी थियो । सकड निर्माणका लागि उपभोक्ता समिति समेत गठन भईसकेको थियो । तर त्यो योजनामा अन्तिम सम्म बजेटनै नआएपछि निर्माण हुन सकेन् । तर अचम्म कुरो त्यहि योजनामा अनियमितता भयो भनेर उजुरी परेको छ । यो भन्दा लज्जाको विषय के होला ?

त्यस्तै गत आ.व २०७९÷८० मा तातोपानी गाउँपालिका ३ लिताकोटमा सडक बत्ती जडान गर्ने कुनै योजनानै छनोट भएको थिएन् । तर अख्तियारमा उक्त सडक बत्ती जडान योजनामा अनियमितता भएको भन्दै उजुरी परेको भेटियो ।

साथै तातोपानीले गत आवमा भ–ूउपभोग नीति बनाएर जग्गा वर्गीकरण गर्ने योजना बनाएको थियो । बजेट अभावले उक्त विषयमा कुनै काम हुन सकेन् । तर सोहि विषयमा समेत आर्थिक अनियमितताको उजुरी परेको छ । भने पशुशाखाबाट ढालेघाँस खेती,आरा मेसिन खरिदको कुनै कार्यक्रमनै सञ्चालन भएको छैन् । तर अख्तियारमा उक्त शिर्षकमा अनियमितता भएको भन्दै उजुरी परेको छ । यसबैची तातोपानी २ का सबै योजनाको अख्यितारमा उजुरी परेको छ ।

यसरी तातोपानीका आदा दर्जन बजेट र योजनाको नामै नभएका कार्यक्रमनै सञ्चालन नभएका विषयमा समेत अख्तियारमा उजुरी दिएर दुख दिन खोजेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए ।

उनले भने,“अनियमितता भएको ठाउँमा खबरदारी गर्नु ठिकै हो । तर कामै नभएको योजना,बजेटनै नभएको योजनाका बारेमा उजुरी दिनु गलत हो । त्यसले केहि फरक पदैन् हामीले आफ्नै रफ्तारमा काम गरिरहेका छौ ।” आफुले लाभ लिए सहि नपाएकी अख्यितार धाउने गलत प्रबृत्तिको अन्त्य नभई पालिकाको विकासमा बाधा पुग्ने अध्यक्षको भनाई छ ।

दुख दिन नियतले उजुरी हालेपछि काम छोडेर कर्मचारी अख्तियारमा जवाफ दिन जानु परेको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए । उनका अनुसार योजनानै निर्माण भएन् कार्यक्रमनै सञ्चालन भएन् तर ती विषयमा उजुरी आएको छ । कार्यालयको नियमित काम छोडेर त्यतर्फ लाग्दा कामकाज प्रभावित भएका छन् ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस