जुम्ला । हिमा गाउँपालिका सहित अन्य २ पालिकाका ४१ जना बृद्धबृद्धाले गुमेको ज्योती फिर्ता पाएका छन् । पालिकाले हिमालय आँखा अस्पतालको सहयोगमा असोज १५ देखि १७ गते सम्म कालिका खेतु प्रथामिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको मोतिविन्दु निःशुल्क शल्यक्रियामा ४१ जनाको मोतिविन्दु शल्यक्रिया गरिएको हिमाका स्वास्थ्य शाखा संयोजक रतन बहादुर रावतले बताए ।
उनका अनुसार तीन दिनको निःशुल्क शिविरबाट २ सय ४९ जना नागरिक लाभान्वित भएका छन् । आँखा सम्बन्धी रोगको जाँच गरिएको हो । आँखा जाँच गरेका २४१ जना र शल्यक्रिया गरेका ४१ जना नागरिक उत्साहित भएर घर फर्किएका छन् ।
हिमा गाउँपालिका वडा नं.२ का ८० वर्षीय बृद्ध मुनविर नाथ योगीले आँखा देख्न छाडेको धेरै भएको थियो । आर्थिक रुपले विपन्न योगीको संसार हेर्ने चाहना हुँदा पनि अन्धकारमै दिनरात बिताउन बाध्य थिए । तर पालिकाले गाउँमै मोति विन्दुको निःशुल्क शिविर सञ्चालन गरेपछि उनको आँखाको ज्योती फर्किएको छ ।
मोति विन्दुको शल्यक्रियापछि आँखा देख्ने पक्का भएसंगै योगी निकै उत्साहित छन् । उनी भन्छन,“आँखा देख्न छोड्या मस्तै मुईना भईग्या बाबू ! सुर्खेत,नेपालन्ज,पोखरा गईकन उपचार गराउने आफुति रूपिया नाई । सरकारले दिया भत्ताकै भर छ । गाउँमै उपचार गराई आँखा देख्न्या भएपछि खुसी छु । भगवान भएपनि डाक्टर भया । गाउँपालिका अध्यक्ष भया। बुढाखाडाको सेवा गर्नेकाे भलै होस ।”
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले आर्थिक अभाव र भौगोलिक विकटताले मोतिबिन्दुको उपचार गर्न नसकेका बिरामीहरूको निःशुल्क शल्याक्रिया गर्दा राहत मिलेको बताउनुभयो । हिमालय आँखा अस्पताल पोखराको सहयोगमा पालिकाले विभिन्न समयमा शिविर चलाउदै आएको उल्लेख गरे। स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रथामिकता दिएर नीति निर्माण संगै लगानी गरिरहेको उनको भनाई छ ।
धुलो धुँवाका कारण जुम्लामा आँखाका विरामी धेरै हुन्छन् । आर्थिक अभावले महंगा अस्पताल गएर जचाउन सम्भव छैन् । शल्यक्रिया त परको कुरा हो । यस्तै समस्या मध्यनजर गरि पालिकामै शिविरको आयोजना गर्दा विपन्न नागरिकले राहत पाएको शिविर प्रमुख डाक्टर शुवास नेपालले बताए।
स्वास्थ्य विशिरबाट विपन्न नागरिकले उपचारसंगै व्यवभारका हिसाबले राहत पाउने भएकोले जिल्लाका अन्य पालिकालेपनि फजुल बजेट खर्चिनु भन्दा गाउँमै आँखा र पाठेघर सम्बन्धी निशुल्क शिविर चलाउन आबश्यक छ



