गुठिचाैरमा नियमित खाेप र बालबिवाह विरुद्द ‘कचहरी’ नाटक प्रर्दशन

जुम्ला । नेपाललाई सन् २०३० सम्म बालविवाह मुक्त राष्ट् घाेषणा गर्ने राष्टि्य लक्ष्य लिएपनि ग्रामिण भेगमा बालविवाह राेकिएकाे छैन् । अशिक्षा,गरिबी,देखासिकी,प्रविधिकाे दुरुपयाेग लगायतका कारणले दुरदराजमा अझै बाल विवाह बढ्दाे छ ।

त्यसैगरी बच्चा जन्मेदेखि १५ महिनासम्म लगाउनु पर्ने विभिन्न खाेपबाट समेत दुर्गमकन बालबालिका बन्चित छन् । बच्चाकाे राेग प्रतिराेधात्मक क्षामता बृद्दिका लागि पनि खाेप अनिवार्य छ । बालबालिकाकाे स्वास्थ्य भन्दा काममा बढि ध्यान दिने चलनका कारण ग्रामिण क्षेत्रका बालबालिका उमेर अनुसार ताैल नहुने,कूपाेषण हुने,दुब्लाे पातलाे हुने समस्या छ ।

गाउँघरमा चेतनाकाे अभावले बढ्दाे बालविवाह राेक्न तथा नियमित खाेप लगाउने बानीकाे विकास गर्न जुम्लाकाे गुठिचाैरमा ‘कचहरी’ सडक नाटक प्रर्दशन गरिएकाे छ । समाजमा जडा गाडेर बसेकाे बालविवाह न्युनिकरण तथा नियमित खाेपबाट कुनै बालबालिका बन्चित नहुन् भन्ने लक्ष्यका सडक नाटक प्रर्दशन गरिएकाे हाे ।

बास नेपालको आयोजना, गुठिचौर गाउँपालिकाको सहकार्य र  युनिसेफ नेपालको सहयोगमा गुठिचाैरका विभिन्न गाउँबस्तिमा सचेतनामूलक ‘कचरी नाटक’ प्रस्तुत गरिएकाे हो ।
जसमा बुधबार गुठिचार गाउँपालिका वडानंं. ४ को उखाडी गाउँमा २०० जना र वडा नंं. ५ को झारज्वला स्थित त्रिभुवन मा.वि. मा १५० जनाको सहभागितामा नाटक प्रस्तुत गरिएकाे छ ।
 
कचहरी नाटकका माध्यमबाट स्थानीयहरुलाई बाल विवाह गर्न नहुने, बाल विवाहको कारण शारीरिक, मानसिक, आर्थिक र व्यक्तिगत रुपमा पर्ने असर , गर्भावस्थामा विशेष ध्यान दिनु पर्ने  कुरा, सुत्केरी अवस्थामा ध्यान दिनु पर्ने पक्ष बालबालिकालाई नियमित खोप दिनु पर्ने जस्ता विषयहरुको बारेमा सन्देश दिईएकाे छ ।

नाटक प्रर्दशनमा देखिएकाे उत्साहजन सहभागिताले बालविवाह न्युनिकरण तथा नियमित खाेप बारे सिकाई भएकाे देखिन्छ ।

नाटकमा सासू ससुराले बुहारीलाई गर्ने व्यवहार,गर्भवती अबस्थामा गर्नुपर्ने हेरचाह तथा स्याहार सुसारका विषयमा समेत मनाेरन्जनसंगै सन्देश दिईएकाे थियाे ।

नियमित खाेप नलगाउँदा भर्खर मात्र जन्मिएको बच्चा कम तौल हुनुका साथै शारीरिक रुपमा अस्वस्थ हुनुका साथै भविष्यमा समेत शारिरिक रुपमा सक्षम नहुने कुरामा जाेड दिएकाे छ ।



नाटकको समापनमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले नाटकले सानैमा बिवाह गर्दा र नियमीत खाेप नलगाउँदा हुने असरबारे स्पष्ट सिकाएकाे बताए ।
२० वर्ष पूरा भएपछि मात्र नभई आफू सक्षम नहुन्जेल विवाह गर्न नहुनेमा जाेड दिए ।

सडक नाटक सामाजिक विकृत अन्त्य गर्ने एक अस्त्र भएकाे सहभागीहरुले बताएका छन । समुदाय रमाईलाे संगै सन्देश लिन नाटक मन पराउने भएकाेले जनचेतना अभिबृद्दि, तथा समाज रुपान्तरणमा नाटककाे उल्लेखीय भुमिका रहेकाे बताएका हुन ।

नाटक प्रस्तुतिकरण कार्यक्रमको सहजिकरण बास नेपालका सामाजिक परिचालक अनिता बुढाले गरेकी थिईन् ।  नाटकको सम्पादन तथा व्यवस्थापन बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस